ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा र राप्रपाका सांसद भन्छन् संक्रमणकालीन न्याय सहमतिबाटै अघि बढाऔँ


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   १ : २३   बजे

काठमाडौं २६ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाट टुंग्याउने ठाउँमा पुगिसकेको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले राजनीतिक दलहरू सहमितको धेरै नजिक पुगिसकेको र केही विषयमा अझै छलफल गरी टुंग्याउनुपर्ने आवश्यकता रहेको औँल्याए । अप्ठ्यारो महसुस गरिएको ठाउँमा उदारता देखाएर भए पनि विधेयक टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

“हामी धेरै नै नजिक भइसकेका छौँ । यो टुंग्याउने ठाउँमा पुगिसकेका छौँ । बाँकी जो छन्, यसमा पनि छलफल गरेर एक ठाउँमा लैजान सकिन्छ,” उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिबाटै टुंगो लगाउनुपर्ने बताए । उनले विधेयकलाई पार्टीगत रूपमा मात्र लिएर बुझ्न नहुने उल्लेख गरे ।

“पार्टीका सिद्धान्तहरू फरक–फरक हुन्छन्, त्यसभन्दा माथि उठेर गर्नुपर्छ । अझै पनि दुई महिना थपौँ, टुंग्याऔँ,” उनले भने । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानन्यायाधीश शर्माका निर्णयविरुद्ध परेका दुवै रिट दर्ता भएनन्

राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने सरकारको लक्ष्य

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu