ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नो पहिचान खुलाउनेविरुद्ध गौशाला २६ ले दिइन् साइबर ब्युरोमा उजुरी


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   ४ : १४   बजे

काठमाडौं २६ पौष । क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती गौशाला २६ को पहिचना सामाजिक सञ्जालमा खुलाउनेविरुद्ध बिहीबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।  प्रहरीले गौशाला २६ नाम दिएकी ती युवतीका तस्बिरसहितको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कानुनी विकल्प खोजिएको हो।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्नेहरूलाई कारबाही माग गर्दै बिहीबार सन्दीपबाट पीडित ती युवतीले साइबर ब्युरोमा उजुरी दिएकी हुन्।

गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी हुन्।

पीडित युवतीको उजुरी आएपछि उनको वास्तविक नाम र तस्बिर सार्वजनिक गर्नेहरूविरुद्ध अनुसन्धान अघि बढाइएको साइबर ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालले नेपालखबरलाई बताए।

ती युवतीले वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरूद्धको कसुर ९मुलुकी अपराध संहिता, २०७४० को दफा २९४, दफा २९८ समेत र कम्प्युटरसम्बन्धी कसुर ९विद्युतीय ‘इलेक्ट्रोनिक’ कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कसुर भएको जिकिरसहित उजुरी दर्ता गराएकी हुन्।

यसअघि आफ्नो पहिचान खुलाएको भन्दै गौशाला २६ मानवअधिकारकर्मीसहित साइबर ब्युरो पुगेकी थिइन्। तर त्यसबेला मुद्दाको उठान भएको गौशाला बृत्तबाटै यसको समाधान खोज्न भनिएको थियो।

युवतीले यसअघि प्रहरी महानिरीक्षकको सचिवालयमा पनि निवेदन दिएकी थिइन्। उक्त निवेदन पनि आईजीपीको सचिवालयले आवश्यक कारबाहीका लागि साइबर ब्युरोमै पठाइदिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको निर्णयअनुसार बलात्कारी ठहर भएका लामिछानेबाट पीडित युवतीको भन्दै केही दिनयता सामाजिक सञ्जालमा तस्बिर हाल्ने क्रम बढेको छ।

ढकालको इजलासले सन्दीपलाई बलात्कारी ठहरसहित आठ वर्ष जेल सजायको फैसला सुनाएको छ। सन्दीपले ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति पनि भराउनुपर्ने भएको छ।

यसैबीच गौशाला २६ को तस्बिर र वास्तविक नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्ता दिवश सापकोटालाई बिहीबार निलम्बन गरेको छ।

जापानमा बस्दै आएका चितवन निवासी सापकोटा गौशालाको २६ को भन्दै सामाजिक सञ्जाल एक्समा एकजना युवतीका ३ वटा तस्बिर सार्वजनिक गरेका थिए।

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu