काठमाडौं, २७ पुस । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा श्रीमानको आक्रमणबाट श्रीमतीको ज्यान गएको छ ।
मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेकी ३५ वर्षीया गोमा फियाकलाई तुम्बेवा–४ मा रहेको घरबाट मिक्लाजुङ–३ ससुराली घर पुगेर ३५ वर्षीय असफल कुरुम्वाङले खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुमित कुशवाहले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट गोमाको ज्यान गएको र आमा कान्छीमाया र छिमेकी महेन्द्र श्रेष्ठ घाइते हुनुभएको छ । घाइते उहाँहरुलाई उपचारका लागि दमक पठाइएको वडाध्यक्ष जीवनहाङ फियाकले बताउनुभयो । माइतीघर बस्दै आएकी गोमासँगको विवाद मिलाउन ससुराली घर पुगेका कुरुम्वाङले छलफल चलिरहेका बेला खुकुरी हानेका थिए ।
श्रीमतीको हत्यापछि उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्