ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्ती नदीमा बस दुर्घटना अपडेटः १२ जनाको मृत्यु, आठजनाको सनाखत


एबीसी न्यूज
२८ पुस २०८०, शनिबार   ६ : ५६   बजे

काठमाडौं, २८ पुस ।  दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ ।  इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार गए राति पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो ।

मृत्यु हुनेमा काठमाण्डौ चन्द्रगिरी नगरपालिका वडा नम्बर १५ निवासी ६५ वर्षिय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेश अतिकुल्ला खैरे निवासी ३१ वर्षिय मुने, जुम्ला श्रीथुस्का ९ निवासी ४० वर्षिय मुन बहादुर रावत, बाँके निवासी ३० वर्षिय रामवर्ण हरिजन, रुकुम गोतामकोट वडा नम्बर ९ निवासी दीपक कामी, भारत विहार अरेराज पुर्वी चम्पारण निवासी ६७ वर्षिय योगेन्द्र राम (जोगेन्द्र राम टिकटमा भएको नाम) बाँके नेपालगन्ज उपमहानगरपालिका निवासी ६० वर्षिय कुसुम बस्नेत र मकवानपुर हेटौंडा निवासी ३९ वर्षिय सौरभ विष्ट रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

अन्य चार जनाको सनाखत हुन बाँकी छ । शवलाई लमहीस्थित अस्पतालमा पठाईएको छ । २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज रिफर गरिएको छ ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट राप्ती नदीमा खसेको थियो । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबहाक रात्री बस पुलबाट खसेको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका थिए । बस तीब्र गतिका कारण पुलबाट खसेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group