ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोला टिप्न पर्याप्त न्यायाधीश नभएपछि आलमको मुद्दा स्थगित


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं २९ पौष । पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दा स्थगित सूचीमा परेको छ । सात न्यायाधीश भएको रौटहट जिल्ला अदालतमा आइतबार दुई न्यायाधीश मात्र उपस्थित थिए ।

आलमको मुद्दा रहेको फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले टिपेनन् । त्यसैले आलमको मुद्दा स्थगित सूचीमा परेको श्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए ।

आइतबार अन्तिम सुनुवाइका लागि पेसी तोकिएको आलमको मुद्दा गोला नतानिएपछि स्थगितमा परेको हो । सात न्यायाधीश भएको रौतहटमा ‘क’ नम्बर न्यायाधीश मातृकाप्रसाद मरासैनी उच्च अदालतको न्यायाधीशमा सिफारिस भइसकेका छन् ।

अन्य दुई न्यायाधीशको सरुवा भएको छ भने थप दुईजना बिदामा थिए । आइतबार पेसीमा गोला टिप्ने न्यायाधीशहरू तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्र बाँकी थिए ।

उनीहरूले फाँट नम्बर ५ को गोला नटिपेपछि न्यायाधीश अभावले आलमको मुद्दाको अन्तिम सुनुवाइ अनिश्चित भएको हो । श्रेस्तेदार ढोडारीले आजको स्थगित भए पनि अर्को महिनाभित्रै आलमको पेसी चढ्ने र अन्तिम सुनुवाइ हुने जानकारी दिए ।

पहिलो संविधानसभाको चुनावको एकदिनअघि रौतहटको राजपुरमा २०६४ चैत २७ गते भएको बम विस्फोटका घटनामा संलग्न रहेको भन्दै प्रहरीले आलमविरुद्ध पक्राउ गरेको थियो । आलमसँगै शेख सेराज भन्ने शेख सराज, शेख फजलेहक, शेख भदई, मोहम्मद महताव आलम, सगिर आलम, बद्री सहनी, गौरीशंकर साह, मुक्ति साह, मोहद मोबिन आलम र शेख जुमइन भन्ने शेख मलकारविरुद्ध मुद्दा चलाएको थियो । उक्त मुद्दा २०७६ साल कात्तिक १८ गते दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group