ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मापदण्डविपरीत पीएसओ पूर्वसभामुखदेखि सचिवसम्म, गगन थापाले लिए दुईजना


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   ३ : १८   बजे

काठमाडौं २९ पौष । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ४ असोजमा मापदण्डविपरीत पूर्वविशिष्ठ व्यक्तिहरुले लिएको सुरक्षाकर्मी फिर्ता गराउन गृहमन्त्रालय र रक्षा मन्त्रालयलाई निर्देशन दियो ।

उक्त निर्देशनपछि तीन वटै सुरक्षा संगठन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले व्यक्तिगत सुरक्षाका लागि खटाएका ९पीएसओ० फिर्ता बोलायो ।

समितिका सभापति रामहरि खतिवडाका अनुसार, राज्य व्यवस्थाको निर्देशनपछि नेपाली सेनाले कानुनविपरीत विशिष्ठ व्यक्तिको सुरक्षाका लागि पठाएको चार हजार ६ सयबाट तीन हजार चार सय सैनिकलाई फिर्ता गरेको थियो ।

त्यस्तै, सशस्त्र प्रहरीले एक हजार ४ सय पिएसओमध्ये एक हजार ९९ सय सशस्त्र प्रहरीलाई फिर्ता बोलायो । नेपाल प्रहरीले पनि कानुनविपरीत पीएसओका रुपमा खटिएका ५८ जना प्रहरी फिर्ता गरेको थियो । प्रहरी निमित्ति प्रवक्ता एसएसपी दानबहादुर कार्कीले पीएसओ पाउनुपर्ने अवधि सकिएका पूर्वविशिष्ठ व्यक्तिहरुसँग रहेका पीएसओलाई फिर्ता गरिएको बताए ।

“पीएसओको सुविधा नपाउनुपर्ने पूर्वविशिष्ठबाट फिर्ता गरेका हौँ । तर, फेरि पीएसओको आवश्यकता प¥यो भन्दै पठाउनुपर्ने अवस्था आएको छ,” कार्कीले भने । समितिको निर्देशनपछि फिर्ता बोलाइएका पीएसओहरु फेरि एक महिना नबित्दै अधिकांश पूर्वविशिष्ठहरूले गृहमन्त्रालयमार्फत् प्रहरीको पीएसओ लिइरहेका छन् ।

त्यसरी पीएसओ लिनेमा पूर्वसभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री गगनकुमार थापा, पूर्वमन्त्री महेश बस्नेतसहित १७ जना छन् । अधिकांश पूर्वमन्त्रीहरुले एक–एकजना पीएसओ लिएका छन् भने पूर्वमन्त्री गगनकुमार थापाले प्रहरीको पीएसओका रुपमा दुई जना प्रहरी लिएका छन् ।

त्यस्तै, पूर्वसभामुख कृष्णबहादुर महरालेसमेत दुई जना पीएसओ लिएका छन् । थापाकहाँ प्रहरी सहायक निरीक्षक दिनेश कटुवाल र प्रहरी नायव निरीक्षक केशवबहादुर घर्तीमगर खटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले दिनेश कटुवाललाई कात्तिक २१ र घर्तीलाई मंसिर १४ मा पठाएको छ । त्यस्तै महराकहाँ प्रहरी सहायक हवल्दार रमेश थापा र प्रहरी वरिष्ठ नायब निरीक्षक किशोर आचार्य खटिएका छन् । उनले दुवै जनालाई १५ मंसिरमा लिएका हुन् ।

त्यस्तै, पूर्वमन्त्री महेश बस्नेतलाई एक जना प्रहरी जवान सुकबहादुर गुरुङलाई पठाएको छन् । उनले पनि ३ मंसिरमा लिएका हुन् । मापदण्डअनुसार मन्त्री पदबाट हटिसकेको २ वर्षसम्म मात्रै पीएसओ पाउने सुविधा छ ।

तर, दुई वर्ष नाघेकाहरूलेसमेत पीएसओ लिँदै आएको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group