ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभ्यास खेलमा स्कटल्यान्डविरुद्ध नेपाली युवा टिमको सहज जित


एबीसी न्यूज
२९ पुस २०८०, आइतबार   ३ : ५९   बजे

काठमाडौं २९ पौष । आईसीसी यू–१९ विश्वकपअघिको आधिकारिक अभ्यास खेलमा नेपाली युवा टिमले स्कटल्यान्डविरुद्ध डकवर्थ लुइस पद्धति डीएलएस पद्दतिअनुसार सात विकेटको जित निकालेको छ ।

दक्षिण अफ्रिकामा भएको खेलमा स्टकल्यान्डले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९।१ ओभरमा तीन विकेट गुमाएर ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । यसपछि खेल पुनः सुचारु हुन नसक्दा नेपाल सात विकेटले विजयी घोषित भएको हो ।

नेपालका अर्जुन कुमालले ३३ र आकाश त्रिपाठीले २९ रन बनाए ।  स्कटल्यान्डका म्याकेन्जी जोन्सले दुई विकेट लिए । यस्तै, इब्रमहिम फैसलले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको स्कटल्यान्डले ४४।४ ओभरमा सबै विकेट गुमाएर ११४ रनको योगफल तयार पारेको थियो ।

स्कटल्यान्डका उजिर अहमदले ३१ र ह्यारी आर्मस्ट्रङले २३ रन बनाए । नेपालका गुल्सन झा र तिलकराज भण्डारीले समान तीन विकेट लिए ।

नेपालले अन्तिम अभ्यास खेलमा मंगलबार वेस्ट इन्डिजसँग खेल्नेछ । नेपालले दक्षिण अफ्रिकामा यसअघिका दुई अभ्यास खेलमा स्कटल्यान्डलाई १३५ र नामिबियालाई ६ रनले हराएको थियो । तर, ती दुवै खेल आईसीसीको आधिकारिक अभ्यास खेलअन्तर्गत भने थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group