ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा बोर्डले घटायो अस्पताललाई तिर्ने ओपीडी र आकस्मिक सेवा शुल्क


एबीसी न्यूज
१ माघ २०८०, सोमबार   ४ : २८   बजे

काठमाडौं १ माघ । स्वास्थ्य बीमा बोर्डले अस्पतालहरुलाई तिर्ने बहिरंग र आकस्मिक सेवाको शुल्क घटाएको छ ।  बोर्डले माघ ८ गतेदेखि लागु हुने गरी नयाँ शुल्क निर्धारण गरेको सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

बोर्डको आइतबारको बैठकले निर्धारण गरेको नयाँ शुल्क अनुसार अब बीमामा आवद्ध व्यक्तिको ओपीडीमा ५० रुपैयाँ र आकस्मिक सेवाको टिकटका लागि १०० रुपैयाँ लाग्ने छ । यसअघि ओपीडीमा २०० रुपैयाँ र आकस्मिक सेवामा ४०० रुपैयाँ शुल्क तोकिएको थियो ।

‘हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट २०० र इमरजेन्सी प्याकेज कस्ट ४०० रहेकामा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकाले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क ५० र इमर्जेन्सी शुल्क १०० निर्धारण गरियो,’ बोर्डको निर्णयमा उल्लेख छ ।

 

बोर्डले सूचीकृत भएका स्वास्थ्य संस्थामा उपलव्ध नहुने अवस्थामा रिफर सेवा लिन पाइने निर्णय गरेको छ । यस्तै सूचीकृत हुने सामुदायिक, सहकारी, मेडिकल कलेज र निजी अस्पतालहरुले १०० शय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० शय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group