ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताप्लेजुङको सिरिजंघालाई पूर्व घान्द्रुक बनाउने


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   ९ : ४८   बजे

काठमाडौ, २ माघ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि ताप्लेजुङ  धेरैजसोको रोजाइमा पर्ने गरेको छ । यसैलाई मध्य नजर गरेर पूर्व घान्द्रुकको रुपमा ताप्लेजुङको सिरिजंघालाई विकास गर्न ७ बुँदे घोषणापत्र जारी गरिएको छ । सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन सिरिजंघा सरोकार समाज नेपालले पहल गर्ने भएको हो । सिरिजंघा सरोकार समाज गरेका ७ बुदे घोषणापत्रमा सिरिजंगा सरोकार समाज नेपालले विधान–२०७५ को उद्देश्यहरुलाई प्राथमिकतातथा आवश्यकताको सिद्धान्तका आधारमा कार्यान्वयन गर्ने गराउने सन्दर्भमा आफ्नो साधारणसभाबाट सिरिजंघालाई पूर्वको घान्द्रुक बनाउन पहल गर्ने घोषणा गरेको हो । आवाज विहीनहरुको आवाज, जनजीविकाको पक्षमा दरिलो वकालत, सचेतना र सशक्तीकरणको आवश्यकतालाई गम्भीर रुपमा महसुस गरी यी विषयहरुलाई कानुनीसाक्षरता सेमिनार प्रकाशन, वृत्तचित्र, हाँस्यव्यङ्ग्य पत्रकारिता, लेख रचना,सार्वजनिक सुनुवाई, चित्रकला, परियोजना, म्याराथुन, नीतिगत छलफल आदी विधिहरुबाट सशक्त रुपमा अघि बढ्ने सिरिजंघा सरोकार समाज नेपालले साधारणसभाले जनाएको छ ।

कानुनी शासन, सामाजिक न्याय, मानव अधिकार, स्वतन्त्र न्यायपालिका, सुशासन,नागरिक अधिकार, लैगिक सशक्तीकरण, दीगो विकास, बौद्धिक सम्पत्ति अधिकार,कञ्चनजंघाको रोयल्टीको अधिकार, राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारहरुको निर्वाध उपभोगको अधिकार, जैविक विधिधताको संरक्षण र त्यसको दिगो उपभोगको अधिकार, जल, जंगल र जमीनको अधिकार, परम्परागत तथामौलिक प्रविधिहरुको संरक्षण तथा पुनःउत्थान गर्ने गराउँने, आधुनिक विज्ञान रप्रविधिका नवीन आयामहरुलाई सशक्त रुपमा कार्यान्वयन गर्न गराउन सम्बन्धित सरोकारवाला पक्षहरुलाई दवाब सिर्जना गर्न दृढतापूर्वक लाग्ने सरोकार समाज नेपाल घोषणा गरेको हो ।

मौषम परिवर्तन, अवैज्ञानिक तौरतरिकाको विकास प्रक्रिया, भ्रष्टाचार, लैगिक हिंसा,मानव अधिकार हनन्, कुनै किसिमका भेदभाव, कुरीति, कुसंस्कार र पछौटेपन, ठालुप्रथा र विकास विरोधी गतिविधिका विरुद्ध नागरिकहरु, संघसंस्थाहरुको आन्दोलन दवाबका कार्यत्रमहरुको यस समाजको गहिरो ऐक्यबद्धता रहेन प्रतिबद्धता जाहेर समेत गरेको छ ।

घोषणा पत्रमा सिरिजंघा गाउँपालिका क्षेत्रको आर्थिक, समाजिक, सांस्कृतिक, पर्यटन, कृषि, जडिबुट्टि, सिमसार, बन, चराचुरुङ्गी, लोपोन्मुख जडिबुट्टि, बालिनाली, नश्ल सुधार, औद्योगिकग्राम, सिरिजंघा राजाको १०० फिट अग्लो प्रतिमा सहितको बोटानिकल गार्डेनकोनिर्माण, साइरन जडित बाढी पहिरोको जोखिमको सूचना, लिम्बु संग्रलयकोआधुनिकीकरण, काबेली खोलाको उद्गम स्थललाई गौमुखा उत्तर गया धार्मिक स्थलनिर्माण जस्ता कुराहरु सहितको दीर्घकालीन विकास निर्माणको लागि ५० वर्षे विकासनिर्माणको गुरुयोजना तर्जुमा गर्नु पर्ने तर्फ सम्बन्धित निकायलाई घचघच्याउन प्रयास गर्ने सरोकार समाजले उल्लेख गरेको छ ।

समाज ताप्लेजुङ सिरिजंघा भू–क्षेत्रबाट उद्योग, व्यवसाय, अध्ययन, अनुसंधान,रोजगारी वा अन्य कुनै किसिमले विदेशमा रहेका नागरिकको दुःख सुख तथा आपतविपत र साँकृतिक अभ्यास, साटासाट गर्ने, भेटघाट गर्ने गराउँने, जिल्ला र देशकाविभिन्न संघसंस्थाहरु सँग जनसम्पर्क गरी सहकार्य गर्ने गराउने अवसर जुटाउने सिरिजंघा सरोकार समाज नेपाल अध्यक्ष हरिचन्द्र भट्टराईको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group