ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेल किनबेचबारे सीईओ जाब्बोरसँग सोधपुछ, समितिसँग भने– माथिको कुरा मलाई थाहा हुँदैन


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   १२ : ३७   बजे

काठमाडौं २ माघ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणमा सीईओ जाब्बोर कायुमोभलाई छानबिन समितिले बोलाएर सोधपुछ गरेको छ ।

सरकारको उच्चस्तरीय छानबिन समितिले एनसेलको सेयर खरिद–बिक्री प्रकरणका सम्बन्धमा जाब्बोरलाई बोलाएर सोधपुछ गरेको एनसेल स्रोतले जानकारी दिएको छ । एनसेलको खरिद बिक्री सम्बन्धमा सरकारले बनाएको छानबिन समितिले छानबिन गरिरहेको छ ।

मलेसियन कम्पनी आजियाटाले सन् २०१६ मा करिब एक खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । सन् २०२३ को डिसेम्बर १ मा आजियाटाले करिब साढे ६ अर्ब रुपैयाँमै उक्त सेयर बिक्री गरेको घोषणा गरेको छ । थप केही वर्ष लाभ लैजाने गरी कम्पनीले सेयर पर्चेज एग्रीमेन्ट ९एसपीए० गरेको छ ।

ठूलो सेवा प्रदायक कम्पनीको पत्यार नलाग्दो खरिद–बिक्री मूल्य देखिएको भन्दै व्यापक टिकाटिप्पणी भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । नेपालमा सञ्चालनमा रहेको एनसेलको सेयर खरिद–बिक्रीसमेत तेस्रो मुलुकमा भएको छ । यही प्रकरण छानबिन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

उच्चस्तरीय छानबिन समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिले छानबिनका क्रममा सरकारी निकाय र एनसेलका अधिकारीबाट विवरण माग गरेको थियो ।

समितिले माघ १५ गतेसम्म छानबिन एवं अध्ययन गरी प्रतिवेदन बुझाउने छ । यसबीच समितिले एनसेल, राजस्व विभाग, दूरसञ्चार प्राधिकरणलगायत सरोकारवाला निकायबाट विवरण मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार, समितिले छानबिनका क्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जाब्बोरलाई पनि बोलाएको हो ।

समितिसँग एनसेलका सीईओ जाब्बोरले सेयर खरिद–बिक्रीबारे आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको स्रोतले बताएको छ । एनसेल स्रोतले नै सीईओ जाब्बोर छानबिन समितिकहाँ गएको पुष्टि गरेको छ । “कम्पनीको सेयर खरिद–बिक्रीका विषयमा मलाई थाहा हुन्न । त्यो माथिल्लो तहलाई थाहा हुने कुरा हो,” आफू एक कर्मचारी मात्रै भएको बताउँदै सीईओले बचाउपूर्ण टिप्पणी गरेको एनसेल स्रोतको भनाइ छ ।

दूरसञ्चार ऐन, २०५३ को व्यवस्था अनुसार ५ प्रतिशत भन्दा बढी सेयर खरिद–बिक्री गर्न दूरसञ्चार कम्पनीले नियामक निकायको अनुमिति लिनुपर्छ । हालसम्म प्राधिकरणबाट आजियाटाले अनुमति मागेको छैन । तर, उद्योग विभागलाई भने सेयर बिक्री गरिसकेको जानकारी गराएको छ ।

विवादमा तानिए एनसेलका सीईओ जाब्बोर, सांसद भन्छन्– चलखेलका लागि बनाइएको थियो

विदेशी लगानी एवं प्रविधि हस्तान्तरण ऐनले सेयर खरिद–बिक्री भएको ३० दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुरुप विभागलाई भने आजियाटाले जानकारी गराएको हो । एनसेलको ८० प्रतिशत सेयर सेन्ट किट्स टापुमा रहेको विदेशी कम्पनी रेनोल्ड्स होल्डिङ लिमिटेडको नाममा छ । २० प्रतिशत स्थानीय लगानीकर्ता सुनिभेरा क्यापिटल भेन्चरको छ ।

रेनोल्ड्स होल्डिङ मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डको स्वामित्वमा बेलायतमा रहेको आजियाटा युके लिमिटेडअन्तर्गत थियो । आजियाटाले गत डिसेम्बर १ मा उक्त ८० प्रतिशत सेयर अथवा रेनोल्ड्स होल्डिङ स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।

एनसेलको ८० प्रतिशत सेयर किन्ने कम्पनी स्पेक्ट्रलाइट युके नेपाली मूलका व्यापारी सतिशलाल आचार्यको हो । एनसेलमा २० प्रतिशत सेयर रहेको नेपाली कम्पनी सुनिभेरा क्यापिटल पनि सतिशलालकै भएको र सेयर उनकी पत्नीको नाममा रहेको भनिएको छ ।

आजियाटाले आफ्नो सेयर स्पेक्ट्रलाइटलाई बिक्री गरिसकेको बताएको छ । स्पेक्ट्रलाइटका मालिक आचार्यले समेत सेयर आफूले किनिसकेको पुष्टि गरेका छन् । यस्तोमा अब छानबिन समितिले कस्तो प्रतिवेदन बुझाउँछ र सरकार वा नियामक निकायले कस्तो कदम चाल्छ भन्ने कुराले नै निर्धारण गर्ने प्राधिकरणका एक अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group