ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिशूलीमा खसेको गाडीमा भारतीय चालक मात्रै रहेको पुष्टि, अमला लिएर आएको थियो काठमाडौँ


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   १ : ३७   बजे

काठमाडौं २ माघ । मंगलबार बिहान त्रिशूली नदीमा खसेको भारतीय गाडीमा चालक मात्रै रहेको खुलेको छ।  भारतबाट भैरहवाको सुनौली नाकाहुँदै बोलेरोमा अमला लिएर पुस २९ गते काठमाडौँ आएका भारतीय सवारी चालक सोमबार फर्किएका थिए।

कालीमाटीस्थित काठमाडौँ सोलुशन ट्रेडर्समा अमला छाडेर उनी सोमबार त्यहाँबाट सुनौली नाकाहुँदै भारत जान बाटो लागेका थिए। काठमाडौं सोलुशन ट्रेडर्सले दिएको जानकारी अनुसार उक्त गाडीमा चालक मात्रै थिए।

 

चालक पनि भारतीय नागरिक नै रहेको उनले बताए। ‘यो नम्बरको गाडी त हाम्रोमा सामान लिएर आएको थियो। हिजो हाम्रोमा अमला छाडेर फर्किएको थियो। त्रिशुलीमा खसेको कुरा हामीलाई त थाहै थिएन। अब बुझ्छौं’, उनले नेपालखबरसँग भने।

दुर्घटनामा परेको गाडीमा चालक मात्रै भएको खुलेसँगै मानवीय क्षति नभएको बुझिएको छ। उक्त गाडीका चालक अर्को गाडीमा नारायणघाट तर्फ लागेको घटनास्थलबाट ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले उनको खोजि गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले गाडी चालक नारायणघाटतर्फ गएको सूचनापछि खोजि भइरहेको बताए। गाडी भने गोताखोरले फेला पारेको थियो। उक्त स्थानमा मानिस फेला नपरेपछि गोताखोर भने फर्किसकेको छ।

मंगलबार बिहान ४ः४० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशुली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना प्रहरीलाई आएको थियो।

सूचना पाएलगतै घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी टोली खटि गएको थियो। प्रहरी पुगेर हेर्दा उक्त स्थानमा गाडी दुर्घटना भएको पुष्टि भएको थियो।

त्यसपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोरलाई खबर गरिएको थियो। गोताखोरले खोजि गर्दा नदीभित्र बीआर ०९ जीसी १४३० भारतीय नम्बर प्लेट भएको सेतो रंगको सिंगलक्याप भएको बोलेरो फेला परेको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group