ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको गुणस्तरीयतामा शंका नगर्न मन्त्रालयको आग्रह


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   ८ : ४७   बजे

काठमाडौं, ३ माघ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन वितरण गरिएको बताएको छ।मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो। ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी प्रशारण गरिएको छ।

पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने भएता पनि फ्लसिङ सँगै क्रमशः सफा पानी प्रवाह हुने भएकोले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न हुन मन्त्रालय र मन्त्रालय मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरू सबैमा हार्दिक अपिल गर्दछ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भ्रेमाथाङको भेलबाढीले तहसनहस बनाएपछि मेलम्चीको हेडवर्क्स बनाइएको छैन।अस्थायी तवरले नथिग्र्याइ पानी ल्याउँदा सुरूङभित्र बालुवा पस्ने जोखिम औंल्याइएका बेला मन्त्रालयले गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो।

२०७८ असार १, साउन १६ र १७ गतेको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो। हेडवर्क्स लगायतका संरचना पुरेको थियो। अहिले पनि बाँध क्षेत्र खण्डहरकै अवस्थामा छ भने मेलम्ची खानेपानी आयोजनाको प्रमुख दातृ निकाय एसियाली विकास बैंकले बाँध क्षेत्र एक किलोमिटर माथि सर्कथलीमा सार्न सुझाव दिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group