ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शिक्षकलाई राजनीतिमा लगाउँदा नेपालको शिक्षा प्रणाली काम नलाग्ने भयो’


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   १ : ४९   बजे

काठमाडौं ३ माघ । प्रा.डा.  विद्यानाथ कोइरालाले अहिलेको शिक्षा प्रणालीमा व्यापक परिवर्तनको खाँचो औँल्याएका छन्।  विद्यालय शिक्षासम्बन्धी बिधेयकमाथि संघीय संसद्‍को शिक्षा समितिमा बुधबार भएको छलफलमा सहभागी उनले अहिलेको शिक्षा प्रणालीले मुलुकलाई धान्न नसक्ने बताएका हुन्।

उनले विद्यालय शिक्षासम्बन्धी प्रस्तावित विधेयक संशोधन मात्रै नभएर पूरै पुनर्लेखन गर्नुपर्ने बताएका छन्।  विज्ञहरू बोलाएर संसदीय समितिले संशोधन गर्ने बताए पनि त्यो सम्भावना नदेखेको उनले बताए। कोइरालाले संशोधनले मात्रै अबको शिक्षा क्षेत्रको माग धान्न नसक्ने पनि बताए।

‘हामीसँग भने जस्तो संशोधन मात्र गर्ने हो कि ओभर राइट गर्ने हिम्मत छरु संशोधन मात्रै गर्ने कुरा बेकार हो’, उनले भने, ‘विद्यालय शिक्षासम्बन्धी विधेयक फेरि पुनर्लेखन गर्नु आवश्यक छ। प्रस्तावनामै दर्शन के राख्नेरु शैक्षिक सिद्धान्तलाई कुन रुपमा लिएर जाने भन्ने पनि उल्लेख हुनुपर्छ।’

कोइरालाले परम्परागत शैलीका शिक्षक अब काम नलाग्ने पनि बताए। ‘हाम्रा शिक्षक कस्तो हुनुपर्छ भनेर यसमा राख्नुपर्छ। शिक्षकलाई तयार गर्ने विधि के होरु प्रविधि वा अन्य विधि कस्तो हुने त्यो पनि अब सोच्नु पर्छ’, उनले भने, ‘विद्यार्थीलाई अनिवार्य बचत पनि राख्न लगाउनु पर्ने हुन्छ। विद्यार्थीकै पैसा संकलन गर्‍यौँ भने उद्योगी बनाउन सक्छौँ।’

अहिलेको शिक्षाको गुणस्तर स्याल कराउने जस्तो भएको कोइरालाले बताए। ‘शिक्षाको गुणस्तर स्याल कराउने जस्तो भएको छ। शैक्षिक गुणस्तर र शिक्षकको गुणस्तर ध्यान दिनैपर्छ’, उनले भने, ‘गुणस्तरको कुरा एउटा पाटो, शिक्षक पनि गुणस्तरीय हुनैपर्छ। गुणस्तरीय शिक्षा नदिए शिक्षकलाई पनि कारबाही हुनुपर्छ भन्ने प्रस्ताव राखौँ।’

कोइरालाले निजी र सरकारी विद्यालयबारे नयाँ व्यवस्थामा स्पष्ट पारिनुपर्ने पनि बताए। ‘विद्यालयको डिजाइन के होरु निजीको लडाइँ धेरै लड्यौँ’, उनले भने, ‘अब यो कानुनमा उनीहरूका ६० प्रतिशत शिक्षक कर्मचारीलाई दिऔँ। त्यसमा पनि बिचार गर्ने बाटो हुन सक्छ।’

उनले निजीलाई सरकारीकरण गर्दा गुठी मात्रै विकल्प भए त्यसले काम नगर्ने बताए। कोइरालाले शिक्षकलाई राजनीतिको बाटो बनाउँदा सबै कुरा बिग्रिएको बताए।

‘शिक्षकको सम्मानको अर्को कुरा रहेछ। हामीले शिक्षकलाई पनि राजनीतिको बाटो बनायौँ’, उनले भने, ‘यो कुकर्म हो। बरु सकिँदन भने एउटा दलको मान्छे एउटा शिक्षक राखौँ, त्यसले कस्तो काम गर्ने रहेछ त्यो हेरौँ।’

उनले आफ्नो विचारमा शिक्षक धेरै भएको तर्क गरे। ‘शिक्षक नभएको होइन, बढी भयो भन्ने मेरो कुरा हो। जोकोही र जहाँ पनि शिक्षक हुन सक्छ’, उनले भने, ‘अब शिक्षणमा प्रविधि जोडौँ। शिक्षकको सम्मानका लागि उसले गरेका राम्रा कामको विवरण पालिकामा वेबसाइट बनाएर राखौँ। त्यसो हुँदा शिक्षक राम्रो कि हाम्रो भन्ने पनि त्यहीँ छुट्टिन्छ।’

कोइरालाले अब हरेक विद्यार्थीलाई गरिखाने सीप सिकाउनुपर्ने बताए। ‘चाहेको सीप विद्यार्थीले यूट्युबबाट लिन्छ। तालिमबाट सिक्छ’, उनले भने, ‘त्यसका लागि टेक्निकल ज्ञान बढाउनु पर्‍यो। अबदेखि व्यावसायिक नभनी प्राविधिक शिक्षकको कुरा गरौ।’

उनले शिक्षण सिकाइमा परीक्षा फरक पाटो भएको बताए। ‘परीक्षा अर्को पाटो हो। जाँच लिएपछि कति कक्षामा पुगिन्छ भन्ने भूत हामीकहाँ छ, त्यो छोडौँ’, कोइरालाले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group