ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगारीमा जानेको संख्या १७.१६ प्रतिशतले घट्यो


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   २ : २२   बजे

काठमाडौं ३ माघ । चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७।१६ प्रतिशतले घटेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा ६५ हजार ८१३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन् । यो संख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।

योसँगै चालु आर्थिक वर्षको पहिलो ६ महिना ९२०८० साउनदेखि पुससम्म०मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या तीन लाख ४३ हजार ४०५ पुगेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सोही अवधिमा वैदेशिक रोजगारीमा जानको लागि विभागबाट चार लाख १४ हजार ५४६ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष श्रम स्वीकृति लिनेको संख्या ७१ हजार १४१ ले कमी आएको छ । विभागको तथ्यांकअनुसार श्रम स्वीकृति लिनेको संख्यामा १७।१६ प्रतिशतले गिरावट आएको छ ।

विभागका अनुसार २०८० को साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ७१ हजार २७६ र पुसमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, २०७९ सालको साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३, असोजमा ६२ हजार ७०६, कात्तिकमा ७८ हजार ३७०, मंसिरमा ६८ हजार ५६४ र पुसमा ६५ हजार ४६४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि नेपाल भित्रने रेमिट्यान्स भने बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ को पहिलो पाँच महिना ९साउनदेखि मंसिरसम्म० नेपाल भित्रने रेमिट्यान्स २७।६ प्रतिशतले बढेको छ ।

२०८० साउनदेखि मंसिर मसान्तसम्मको पाँच महिनाको अवधिमा नेपालमा ६ खर्ब १३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स २३ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० को पहिलो पाँच महिनामा नेपालमा चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा आगामी वर्ष नेपाल भित्रने रेमिट्यान्समा असर गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group