ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचनका लागि आयोगलाई चार करोड, सुरक्षाका लागि अतिरिक्त खर्च नहुने


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   ४ : १७   बजे

काठमाडौं ३ माघ । राष्ट्रियसभा निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई चार करोड निकासा गरेको छ ।

अर्थ मन्त्रालयका सूचना अधिकारी भुपालराज शाक्यका अनुसार मन्त्रालयबाट चार करोड आठ हजार ७०० रुपैयाँ निकासा गरिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रियसभाको निर्वाचनको एकीन खर्च यही महिनाभित्र प्राप्त हुने बताए ।

“करिब चार करोडको अनुमान भएको हो र त्यो प्राप्त भएको छ,” उनले  भने, “यति खर्च भयो भन्ने कुरा त यस महिनाको अन्तिममा आउँछ ।”

सुरक्षाका लागि अतिरिक्त खर्च नहुने
निर्वाचनको सुरक्षा निकायका लागि छुट्टै खर्चको व्यवस्थापन गरिएको छैन । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अतिरिक्त खर्च नहुने बताए ।

“राष्ट्रियसभा निर्वाचनका लागि अतिरिक्त खर्च हुँदैन । नियमित सुरक्षा व्यवस्थाअनुसार सुरक्षा आवश्यक प्रबन्ध मिलाइने छ,” उनले  भने ।

माघ ११ मा १९ पदका लागि निर्वाचन हुँदैछ । त्यसका लागि तयारी तीव्र पारिएको छ । आयोगले निर्वाचनको व्यवस्थापनलाई व्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उमेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरू मध्यनजर गर्न बुधबार मात्रै गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

उमेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने
राष्ट्रियसभाका उमेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् ।

आयोगका अनुसार उमेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ अनुसार खर्च गर्न पाउने छन् ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

उमेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न सक्नेछन् । यसरी खर्च गर्दा खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनैको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोगले निर्देशन दिएको छ ।

त्यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गनुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group