ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फर्कनेभन्दा विदेशिने नेपाली बढी, १६ लाख विदेश जाँदा साढे १२ लाख फर्किए


एबीसी न्यूज
४ माघ २०८०, बिहिबार   २ : ३१   बजे

काठमाडौं ४ माघ । विदेशबाट स्वदेश फर्कनेभन्दा विभिन्न अवसरको खोजी गर्दै विदेश जाने नेपालीको संख्या झन्डै साढे तीन लाखले बढी छ ।

गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले हालै सार्वजनिक गरेको विवरणमा सन् २०२३ मा विदेशबाट स्वदेश फर्कनेभन्दा देश छोडी विदेशिने नेपालीको संख्या निकै ठूलो रहेको पाइएको छ ।

विभागको विवरणअनुसार वर्ष २०२३ मा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो विवरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको हो ।

सोही अवधिमा विभिन्न देश पुगेका १२ लाख ६३ हजार ४६९ नेपाली स्वदेश फर्केका छन् । स्वदेश फर्कनेभन्दा विदेशिने नेपालीको संख्या तीन लाख ४० हजार ३६७ ले बढी रहेको विभागको तथ्यांकले देखाउँछ ।

सन् २०२३ मा विभिन्न उदेश्यले विश्वका २०९ देश तथा क्षेत्रमा नेपालीहरू गएका छन् । सोही समयमा विश्वका २१५ देश तथा क्षेत्रबाट नेपालीहरू स्वदेश फर्केको देखिन्छ । उक्त वर्ष नेपालीहरू मानव बसोबास नरहेको अन्टार्टिका बाहेक अष्ट्रेलिया, अफ्रका, दक्षिण अमेरिका, उत्तर अमेरिका र एसयाका प्राय सबै देशमा पुगेका छन् ।

गत वर्ष सबैभन्दा बढी नेपाली गएको देश युनाइटेड अरब इमिरेट्स ९यूएई० हो । यूएईमा दुई लाख ७१ हजार ८८ नेपाली टीआईएबाट गएका थिए । गत वर्ष नै सबैभन्दा बढी नेपाली यूएईबाट नै नेपाल फर्केका थिए । यूएईबाट वर्ष २०२३ मा दुई लाख १७ हजार १५९ जना नेपाली स्वदेश फर्केका थिए ।

सन् २०२३ मा यूएईपछि सबैभन्दा बढी नेपाली टीआईए हुँदै गएको देशमा भारत, कतार, मलेसिया, साउदी अरब, अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत छन् ।

विभागको तथ्यांकअनुसार भारतमा एक लाख ८१ हजार १६, कतारमा एक लाख ७९ हजार ४४१, मलेसियामा एक लाख ६५ हजार २०१, साउदी अरबमा एक लाख ३६ हजार २०३, अष्ट्रेलियामा एक लाख ५ हजार ३४३, जापानमा ८२ हजार ७७२, अमेरिकामा ६७ हजार ८१०, बेलायतमा ५३ हजार ४०१ र कुवेतमा ४८ हजार १०३ जना नेपाली गएका थिए ।

यस्तै, गत वर्ष भारतबाट दुई लाख २०८, कतारबाट एक लाख ९२ हजार ८८९, मलेसियाबाट एक लाख ८१९, साउदी अरबबाट एक लाख ६ हजार ५२९, अष्ट्रेलियाबाट ६९ हजार ३७७, जापानबाट ४५ हजार ७७४, अमेरिकाबाट ४६ हजार ५४७, बेलायतबाट ३० हजार ५५३ र कुवेतबाट ४४ हजार ३५७ जना नेपाली स्वदेश फर्किएका थिए ।

सन् २०२३ मा दक्षिण कोरियाबाट १९ हजार ३०, थाइल्याण्डबाट २७ हजार ४१२, चीनबाट २० हजार ७९७, हङकङबाट १८ हजार ६०७, ओमानबाट १० हजार ५२६, रोमानियाबाट २ हजार ५४९, सिंगापुरबाट ११ हजार २८७, पोर्चुगलबाट ६ हजार ६४, बंगलादेशबाट १० हजार ४३८ र बहराइनबाट सात हजार ९७७नेपाली स्वदेश फर्किएका थिए ।

गत वर्ष मात्र रुसमा एक हजार ७९५ नेपाली गएको देखिन्छ । रुसबाट नेपाल फर्कनेको संख्या ८०५ रहेको छ ।

स्लोभाकिया, सुरिनेम, म्यासेडोनिया, डोमिनिका, पराग्वे, एल साल्भाडोर, बेनिन, जर्सि, गुयाना, लिसोथोलगायत २२ देशबाट एक–एक नेपाली स्वदेश फर्केका थिए । १५ वटा देशमा भने एक–एक नेपाली मात्र गएको विभागको तथ्यांकमा देखिन्छ ।

गत वर्ष नै विश्वका १२ देशमा नेपाली गएका मात्र छन्, त्यहाँबाट एकजना पनि स्वदेश फर्केका छैनन् । सोही वर्ष विश्वका सात देशबाट नेपाली फर्केका मात्र छन्, गएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने ट्रम्पको घोषणा, युद्ध चर्किने इरानको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu