ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गाउँ घान्द्रुकमा इतिहासमै पहिलोपटक नागरिक सुनुवाई कार्यक्रम


abc tv
५ माघ २०८०, शुक्रबार   १२ : २७   बजे

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा अन्नपूर्ण गाउँपालिकाको सहकार्यमा जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ को घान्द्रुकमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाको अध्यक्षतामा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्ण बहादुर केसीको प्रमुख आतिथ्यता तथा अन्नपूर्ण गाउँपालिकाका वडा नं. १० र ११ का वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय आमा समूह, युवा क्लवका प्रतिनिधि, बुद्धिजिवी, भद्रभलादमीहरुको उपस्थितिमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सम्पादन गरेका प्रहरी काम कारवाही, जिल्लाको शान्ति सुरक्षा व्यवस्था, अपराध न्यूनीकरणको लागि गरिएका पहल, नविन कार्य, भावी कार्ययोजनाको विषयमा नागरिकलाई अवगत गराउनुका साथै दूरदराजमा रहेका नागरिकसँग प्रत्यक्ष रुपमा भेट गरी नागरिकको गुनासो सुन्ने तथा सुझाव सङ्कलन गर्ने कार्यक्रमको मुख्य योजना रहेको थियो ।

कार्यक्रम बिहीबार भएको हो । घान्द्रुकमा पहिलोपटक सुनुवाई कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा नागरिकबाट उठेका जिज्ञासा तथा गुनासोहरुको यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक थापाले सम्बोधन गरेका थिए ।

सोही अवसरमा कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ सई होतबहादुर रोकाहाले जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी प्रशिक्षण समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

युरोपका दुई दिग्गजको भिडन्त, विश्वकप फाइनलको ढोका कसले खोल्ला?

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu