काठमाण्डौ, ६ साउन ।
बेग्ला बेग्ला स्थानमा भएको सडक दूर्घटनामा शुक्र्रबार २ जनाको मृत्यृ भएको छ । झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा आज भएको सडक दुर्घटनामा बिर्तामोड नगरपालिका– ८ हर्चनाका ३८ वर्षीय कृष्ण थापाको मृत्यृ भएको हो ।
हर्चनाबाट बिर्तामोडतर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गाडी ‘म्याजिक भेन’ एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जनाकारी दिनुभयो ।
मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गोविन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसैबिच बसले ठक्कर दिँदा नवलपरासीमा एक जना साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासी बुलिंगटार घर भई गैँडाकोटमा डेरा गरी बस्ने १९ वर्षीय तेजराम थापा रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दैलेखबाट काठमाडाँैका लागि हिडेको ना ४ ख ३१९४ नं को बसले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटस्थित काँग्रेसचोकमा बाटो काट्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायब निरीक्षक नवीनकुमार थापाले जानकारी दिनुभयो । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ
प्रतिक्रिया दिनुहोस्