बुटवल, ३ फागुन । प्रदेश नम्बर ५ मा नवनियुक्त मुख्यमन्त्री शङ्कर पोखरेलले आज सपथ ग्रहण लिनुभएको छ ।
प्रदेश नम्बर ५ को प्रदेश केन्दै बुटवलमा आज आयोजित बिशेष समारोहमा पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । प्रदेश प्रमुखले ईश्वरको नाममा सपथ खुवाउन खोजेपनि पोखरेलले जनताको नाममा मुख्यमन्त्री पोखरेलले सपथ लिनुभएको छ ।
समारोहका बिच प्रदेश प्रमुख झाले आजै अन्य २ जना मन्त्रीलाई समेत सपथ ग्रहण गराउनुभएको छ । एमालेका बैजनाथ थारु र माओवादी केन्द्रका कुलप्रसाद केसीलाइ सपथ ग्रहण गराउनु भएको हो ।
थारुले भौतिक पुर्वाधार बिकास र केसिले आन्तरिक मामिला तथा कानुन मन्त्रिको रुपमा सपथ लिनुभएको छ । सपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख आवास रहेको सडक डिभिजन कार्यालयको परिसरमा राखिएको थियो । सपथ ग्रहण कार्याक्रममा सभामुख पुर्ण घर्ती , प्रदेश नम्बर ५ अन्तर्गतका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य चथा स्थानीयतहका प्रमुख एवं निजामती तथा सुरक्षा अंगका प्रमुखहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्