ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सागर र ललित चम्किँदा मधेसविरुद्ध पुलिसको जित


एबीसी न्यूज
१० माघ २०८०, बुधबार   १ : ३९   बजे

काठमाडौं १० माघ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले मधेस प्रदेशविरुद्ध ६ विकेटको सहज जित निकालेको छ ।

बुधबार मूलपानीस्थित मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा मधेसले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १८।३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसको जितमा ओपनर सुनिल धमलाले २८ रन बनाए । कुशल भुर्तेलले १९ रन थप्दा आरिफ सेखले १६ र अमृत तामाङले १५ रन जोडे ।

मधेसका रञ्जित कुमार र अर्निको यादवले समान दुई विकेट लिए ।

त्यसअघि पुलिसका दुई स्पिनर सागर ढकाल र ललित नारायण राजवंशी चम्किएपछि टस हारेर ब्याटिङमा आएको मधेसले २४ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनाएको थियो ।

मधेसका अर्निको यादवले २३ रन बनाएका थिए । कप्तान हरिशंकर साहले २२ रन जोड्दा अभिषेक तिवारीले ११ रन थपे । यसबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मधेसलाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले पाँच विकेट लिए । नौ ओभर बलिङ गरेका सागरले ४१ रन खर्चिए ।

ललित राजवंशीले चार विकेट लिए । पाँच ओभर बलिङ गरेका ललितले दुई मेडन राख्दै १२ रन खर्चिए । राशिद खानले एक विकेट हात पारे ।

प्रतियोगितामा लगातार पाँचौँ जित निकालेको पुलिस १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । सात खेलबाट आठ अंक जोडेको मधेस तालिकाको तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group