ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानमा नगई प्रमुख प्रशासकीय अधिकृतसहित विभागीय प्रमुखसँगको छलफलमा बालेन्द्र


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   २ : ००   बजे

काठमार्डौ ११ माघ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशको मतदान बिहान ९ बजेदेखि हेटौँडामा भइरहेको छ।  तर, मेयर शाह भने काठमाडौँमै छन्।

मेयर शाह कार्यव्यस्तताका कारण हेटौँडा जान नपाएको उनको सचिवालयले जनाएको छ। स्रोतका अनुसार उनी बिहीबार दिनभर काठमाडौँ महानगरपालिकामै हुनेछन्।

 

नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि बिहीबार आज०का लागि विभागीय प्रमुखसहितको छलफल तय गरिएको छ।

‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि उहाँसहित विभागीय प्रमुखसँग आज बैठक तय भएको छ। यही कार्यव्यस्तताका कारण उहाँ जान नभ्याउने हुनुभएको हो,’ अघिल्लो साता बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियारलाई नियुक्त गरेको थियो।

परियारले हिजो बुधबार पदबहाली गरेका थिए। पदबहालीपछि परियारले पहिलोपटक मेयरसहित विभागीय प्रमुखहरूसँग छलफल गर्दैछन्।

मेयर शाह बागमती प्रदेशका मतदाता हुन। यसअघि पनि गत ४ मंसिरमा भएको निर्वाचनमा उनले प्रदेशतर्फ मतदान गरेका थिएनन्। काठमाडौँ महानगरपालिका– स्थित अन्नपूर्ण मतदानस्थलमा उनले सुरक्षाकर्मीले इशारा गर्दा पनि भोट नहाल्ने भन्दै फर्किएका थिए।

उपमेयर सुनिता डंगोल भने मतदानका लागि हेटौँडा गएकी छिन्। डंगोल एमालेबाट उपमेयर निर्वाचित भएकी थिइन् भने मेयर शाह स्वतन्त्रबाट निर्वाचित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu