ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिभिजन टु मा नेपाल उप-विजेता


admin
३ फाल्गुन २०७४, बिहिबार   ९ : ०८   बजे

काठमाडौं, ३ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग डिभिजन टू को निर्णायक खेलमा यूएईले नेपाललाई ७ रनले पराजित गरेको छ । ४ विकेट गुमाएर यूएईले नेपाललाई दुई सय ७८ रनको लक्ष्य दिएको थियो ।

नेपालले सबै विकेट गुमाउँदै दुई सय ७० रन जोड्यो । खेलमा नेपालका लागि सर्वाधिक पारस खड्काले ११२ रन बनाए । नट आउट रहेका पारसले १ सय ३ बलमा ८ छक्का र ३ चौका प्रहार गरे। त्यस्तै २४ रन जोड्दै ज्ञानेन्द्र मल्ल आउट भए । शरद भेषवाकर, आरिस शेफ, सोमपाल कामीले नेपालको लागि ३०, ७ र ६ रन जोडे ।
बलिङतर्फ यूएईका अमिर हायतले ४ विकेट लिन सफल भए।

यसअघि नेपालका ओपनरद्वय ज्ञानेन्द्र मल्ल २४ तथा दिलीप नाथ १३ रन बनाएर आउट भए। ज्ञानेन्द्रले आउट हुनुअघि २५ बल खेलेर १ चौका प्रहार गरे। दिलीपले २९ बल खेलेर २ चौका हिर्काए। यस्तै दीपेन्द्रसिंह ऐरी ३५ रन बनाएर आउट भए। इमरान हैदरबाट बोल्ड हुनुअघि उनले ६६ बल खेल्दा २ छक्का प्रहार गरे।

शरद भेषावकरले ३५ रनको योगदान दिए। उनीले ३७ बल खेल्दा ३ चौका प्रहार गरे। आरिफ शेख ७ रनमा आउट भए । रोहितकुमार पौडेलले २३ रन जोडेपछि नेपालको आसा बढेको थियो। उनले १७ बलमा ३ चौका प्रहार गरे। लगत्तै करण केसी २ र सोमपाल कामी ६ रनमा आउट भए।

त्यसअघि नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो।

युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। उनले सन्दीप लामिछानेको बलमा क्याच आउट हुनुअघि १ सय १४ रनको सानदार इनिङ खेले। जारी प्रतियोगितामा एकै इनिङमा बढी रन प्रहार गरेका उनले १ सय २३ बलमा १० चौका र ३ छक्का प्रहार गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group