ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा निर्वाचन कहाँ कति खस्यो मत ?


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   ४ : ४४   बजे

काठमाडौं ११ माघ । राष्ट्रियसभा सभा सदस्य निर्वाचनअन्तर्गत १९ पदका निम्ति बिहीबार मतदान सकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको थियो ।

निर्वाचनअन्तर्गत कोसी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित रहे । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन् ।

साम्पाङले कार्यव्यस्तताका कारण मतदान गर्न आउन नसकेको बताए । गच्छदार मुटुसम्बन्धी बिरामी भई विराटनगरस्थित अस्पतालमा भर्ना भएका छन् ।

झापाको झापा गाउँपालिकाका प्रमुख जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका कारण निर्वाचन आयोगले उनको नाम मतदाता नामावलीबाट हटाएको थियो ।

मतदानमा कोसी प्रदेशमा १३७ स्थानीय तहका प्रमुखरउपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए ।

मधेस प्रदेशमा ३७४ मतदातामध्ये ३७३ जनाले मतदान गरे । प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीका अनुसार, प्रदेशसभाका १०७ सदस्यमध्ये १०६ र स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षतर्फ २६७ जनाले नै मतदान गरे ।

वाग्मती प्रदेशमा पाँच मतदाता अनुपस्थित भए । निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार, स्थानीय तहतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ दुईजनाले भोट खसालेनन् ।

उनका अनुसार, मतदानको समयावधिभित्र प्रदेशसभाका ११० मध्ये १०८ जनाले मात्र भोट खसाले । स्थानीय तहतर्फ २३७ मध्ये २३४ जनाले मतदान गरे ।

गण्डकी प्रदेशमा कुल २३० मतदातामध्ये २२९ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ सबै ६० जनाले मतदान गरे । स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षतर्फ १७० मतदातामध्ये एकजना अनुपस्थित रहे ।

इमेज सहकारी प्रकरणमा फरार सूचीमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेकोमा ३०३ मत खस्यो । प्रदेशसभा सदस्यतर्फका सबै ८७ मत खस्यो । स्थानीय तहका २१८ मध्ये २१६ जनाले मात्र निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

कर्णाली प्रदेशमा शतप्रतिशत मत खसेको छ । सहायक निर्वाचन अधिकृत उज्वल रावलका अनुसार, प्रदेशसभा सदस्य सबै ४० र गाउँपालिकाका अध्यक्षरउपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुख १५६ गरी कुल १९६ मतदाताले मतदान गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा तीन मतदाता अनुपस्थित रहे । स्थानीय तहका जनप्रतिनिधितर्फ तीनजना अनुपस्थित रहेका निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशसभाका ५२ र स्थानीय तहतर्फ गाउँपलिकाका अध्यक्षर उपाध्यक्ष र नगरपालिकाका प्रमुखरउपप्रमुख मतदाता १७६ थिए । प्रदेशसभा सदस्यतर्फ सबै ५२ र स्थानीय तहका जनप्रतिनिधितर्फ १७३ मत खसेको उनले जानकारी दिए ।

कोसीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदका निम्ति निर्वाचन भएको हो । गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको आयोगले जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि २० राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये एक पदमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ । १९ जना निर्वाचनबाट चुनिनेछन् ।

निर्वाचनको मत परिणाम आजै साँझ सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group