ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीमा मतगणना सुरु


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   ४ : ४८   बजे

काठमाडौं ११ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो।

मतदान सकिएलगै मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। बागमतीमा कुल ३३७ मत रहेकोमा ३४२ मत खसेको छ। ५ जना मतादाता भने मतदान प्रक्रियामा सहभागी भएनन्। प्रदेश सभा तर्फ हाम्र्रो नेपाली पार्टी ९हानेपा० का दुई सांसद

 

शैलेन्द्रराज बज्रचार्य र समता खड्की मतादानमा सहभागी भएनन्।  यस्तै स्थानीय तहतर्फ ३ मतदाता मतदान प्रक्रियामा सहभागी भएनन्। काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटाको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान प्रक्रियामा सहभागी नभएका हुन्।

बागमती प्रदेश सभा तर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरेका छन्।

४ पदका ६ राजनीतिक दलबाट १५ जना उम्मेदवार
राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा रिक्त हुन लागेको ४ सिटका लागि हुन लागेको निर्वाचनमा १५ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। ६ राजनीतिक दलबाट १५ जनाले उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका साझा उम्मेदवार ४ जना छन् भने त्यस बाहेकका तीन दलको ११ जना उम्मेदवार चुनावी मैदानमा होमिएका हुन्।

कांग्रेसका जितजंग बस्नेत, विष्णुकुमारी पुडासैनी, माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट धनश्याम रिजाल सत्ता गठबन्धनदलका साझा उम्मेदवार हुन्।

कांग्रेसका बस्नेत अन्य क्लस्टरका उम्मेदवार हुन् भने कांग्रेसकी पुडासैनी महिला, माओवादी केन्द्रका अधिकारी अपांगता÷अल्पसंख्यक र एकीकृत समाजवादीका रिजाल दलित क्लस्टरका उम्मेवार हुन्।

यता, नेकपा एमालेबाट दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले चुनावी मैदानमा उत्रिएका छन्।

नेमकिपाबाट अपांग क्लस्टरबाट भक्तपुरका हिमालयश्वर लाल मुलले, अन्यबाट काठमाडौँका श्रीकृष्ण महर्जन छन्। दलिततर्फ भक्तपुरकी संगीता नेपाली र महिलातर्फ कृष्ण लक्ष्मी दुवाल पनि राष्ट्रिय सभा निर्वाचनको चुनावी मैदानमा छन् ।

यता, राप्रपाबाट ३ जना चुनावी मैदानमा छन्। राप्रपाबाट अपांग क्लस्टरमा चितवनका भरतमणि भट्ट छन् भने महिलातर्फ मकवानपुरकी बालकुमारी डल्लाकोटी र अन्यमा हेमजंग गुरुङ छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

सम्बन्धित

विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौंपटक म्याद थप

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

अमेरिका र इरानको अवसरको अनौठो क्षण

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

मिडियाको गेटमा गाडी पार्किङबारे बोल्यो रास्वपा, संलग्नमाथि कारबाही गर्न सरकारलाई ध्यानाकर्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu