ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तराई मधेसका धेरैजसो ठाउँमा बाक्लो हुस्सु , पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   ९ : ५१   बजे

काठमाडौ १२ माघ । देशका पहाडी भेगका केही ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना भए पनि देशभर वर्षाको सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नभए पनि छिटपुटदेखि हल्का वर्षा हुनसक्ने महाशाखाका मौसमविद् गोविन्दा झाले बताए। तराई मधेसका धेरैजसो ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको र दिउँसो भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनाएको छ ।

तराईमा चलिरहेको शीतलहर र लामो समयदेखि लागेको बाक्लो हुस्सु कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकाले निरन्तर हुस्सु कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज पनि हिमपातको सम्भावना छ। तराईमा शीतलहर र बाक्लो हुस्सु कुहिरो तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण देशभर चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देउवाको धार्मिक गतिविधिले राजनीतिक बहस तातेको दाबी

रास्वपा सभापति रवि लामिछानेले बोलाए केन्द्रीय समिति बैठक

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu