ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महावीर पुनले अमेरिकाबाट नेपाल ल्याउन लागेको ‘विमान’ चोरी


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   १ : ३८   बजे

काठमाडौं, १२ माघ– अमेरिकाका एक नेपाली व्यवसायीले नेपालस्थित महावीर पुनको आविष्कार केन्द्रलाई उपहार स्वरूप पठाउन लागेको एक सानो हवाई जहाज अमेरिकामै चोरी भएको खुलेको छ ।चोरी भएको केही समयपछि उक्त जहाज जलाइएको अवस्थामा भेटिएको छ । अमेरिकामा बसोबास गर्ने नेपाली व्यवसायी अनीश प्रधानले उक्त हवाई जहाज आविष्कार केन्द्रलाई सहयोग स्वरूप नेपाल पठाउने तयारी गरेका थिए । नेपाल पठाउनका लागि जहाजको इन्जिनसहितका पार्टपुर्जाहरू खोलेर एउटा कन्टेनरमा राखिएको थियो ।

जहाज राखिएको उक्त कन्टेनर नेपाल पठाउने प्रक्रिया पनि सुरु भइसकेको थियो । तर, नेपाल पठाउनुअघि नै कन्टेनरसहित उक्त जहाज चोरी भएको समाचारमा उल्लेख गरीको छ । जहाजसहितको उक्त कन्टेनर जनवरीको पहिलो साता अमेरिकाको टोरेन्सबाट चोरी भएको बताइएको छ । नेपाल पठाउने प्रक्रियामा रहेको विमानसहितको कन्टेनर चोरी भएपछि अनीशले स्थानीय प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले अघि बढाएको अनुसन्धानका क्रममा एउटा ट्रकले उक्त कन्टेनरलाई तानेर लगेको सीसीटीभी फुटेजमा देखिएको थियो । तर, प्रहरीले पनि चोरको विषयमा थप केही पत्ता लगाउन सकेको थिएन । यो घटना उक्त क्षेत्रमा व्यापक चासोको विषय बनेको थियो । त्यसको केही समयपछि प्रहरीले सामाजिक सञ्जालमार्फत एउटा तस्बिर फेला पारेको थियो ।उक्त तस्बिरमा एउटा कन्टेनर जलाइएको अवस्थामा देखिएको थियो । अनीशका अनुसार, चोरी भएको प्लेन नेपालमा सञ्चालित आविष्कार केन्द्रमा पठाएर आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई पाइलटको प्रशिक्षण दिने योजना रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जर्मन कम्पनीको नयाँ प्रणालीबाट राहदानी वितरण सुरु

प्रेस काउन्सिलमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे नियुक्त

सम्बन्धित

मिडिया हाउसलाई आतंकित पार्ने गतिविधि बन्द गर्न नेपाल मिडिया सोसाइटीको माग

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu