ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य सचिव भन्छन्– कतिपय निर्णय नै गलत छन्


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   १ : ५२   बजे

काठमाडौं १२ माघ । सरकारले सबै स्थानीय तहमा ५, १० र १५ शैयाका अस्पताल निर्माणको काम सुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि अलपत्र छ । सरकारले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी २०७७ मंसिरमा एकैपटक ३९६ वटा अस्पतालको शिलान्यास गरेको थियो । तर तीन वर्ष पूरा हुँदा ३१५ वटा अस्पताल निर्माणाधीन रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

हालसम्म निर्माणकार्य सकेर कुनै पनि अस्पताल स्थानीय तहलाई हस्तान्तरण गरेको मन्त्रालयको रेकर्डमा छैन । अधिकांस स्थानीय तहमा जग्गा प्राप्ति नै समस्या बनेको स्वास्थ्यसचिव डा। रोशन पोख्रेल बताउँछन् । सबै स्थानीय तहमा अस्पताल बन्नु पर्ने अथवा नपर्ने भन्ने अझै अन्योल रहेको र यसमा नीतिगत निर्णय हुुनुपर्ने उनको भनाइ छ ।

स्थानीय तहहरूले सिलिङभन्दा माथि गएर बजेट माग गर्न थालेपछि अस्पताल निर्माणको काम अघि बढाउनेरनबढाउने भन्ने अन्योल थपिएको सचिव पोख्रेल बताउँछन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिको माघ ९ गतेको बैठकमा सचिव पोख्रेलले कतिपय अस्पताल पुनसंरचना गर्दा पनि हुने अवस्थामा रहेको बताएका थिए । तर जनप्रतिनिधिको दबाबले नयाँ बनाउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

पूर्वाधार बने पनि जनशक्ति व्यवस्थापन सरकारका लागि अर्को चुनौति बनेको छ । स्थानीय तहले जनशक्ति व्यवस्थापन गर्नेगरी जनशक्तिको खाका तयार पारे पनि हालसम्म नयाँ दरबन्दी खोलिएको छैन ।

अधिकांस स्थानीय तहको आफैँ जनशक्ति राख्नसक्ने क्षमता नहुँदा केन्द्र सरकारलाई दबाब बढेको छ । आवश्यकता, जनशक्ति र आर्थिक स्रोत समेत सुनिश्चित नगरी एकैपटक धेरै अस्पताल निर्माणको निर्णय लिनु नीतिगत त्रुटि भएको डा। पोख्रेलको तर्क छ ।

हाल स्वास्थ्य मन्त्रालयअन्तर्गत ३१ हजार पाँचसय दरबन्दी छ । जसमा ८० प्रतिशत स्थानीय तहमा समायोजन गरिएको छ । स्वास्थ्यमा तत्काल ३२ हजार जनशक्ति थप्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताउँदै आएका छन् ।

मन्त्रालयले २०७५ सालदेखि प्रत्येक वर्ष ओएनएम सर्भे गरे पनि नयाँ दरबन्दी भने खुलाएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group