ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दा बैठकमा थिएनन् खगराज


एबीसी न्यूज
१२ माघ २०८०, शुक्रबार   २ : ४५   बजे

काठमाडौं १२ माघ । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ।

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको हो।

भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन्। उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ।

धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए।

आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन्।  माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले खबर गर्दा पनि भट्ट बैठकमा नआएको बताएका छन्।

‘सबैलाई खबर गरेका थियौँ। उहाँहरु आउनुभएन’, उनले भने, ‘बहुमत सांसद उपस्थित भएर दल नेता परिवर्तन गर्ने निर्णय गरेका छौँ।’

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्। सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकलाई भट्ट इतर समूहका हुन्।

उता भट्टलाई भने बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवरको साथ छ।

संसदीय दलको नेताबाट हटाएका विषयमा यो खबर लेख्दासम्म भट्टबाट कुनै प्रतिक्रिया आएको छैन।

बहुमत माओवादी सांसदले संसदीय दलको नेता परिवर्तनको निर्णय गरे पनि अहिलेसम्म प्रदेश सभा सचिवालयलाई यसको जानकारी गराइएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीपछि १२१ पर्यटकको उद्धार, ६२२ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीका ४८ घाइते शिक्षण अस्पताल पुगे, ६ जना आईसीयूमा (नामसहित)

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu