काठमाडौं, १२ माघ । प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि हातपात गरेको छ ।त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ ।
अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।डीआईजी चन्दले भने आफु अहिले विदामा भएका कारण धेरै कुरा बुझ्न बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्