ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिल्लीबजार कारागार पुगेर बाबुरामले भेटे पूर्वजनमुक्ति सेना ‘मार्शल’लाई


एबीसी न्यूज
१३ माघ २०८०, शनिबार   १० : १४   बजे

काठमाडौं, १३ माघ । द्वन्द्वकालीन माओवादीका पूर्वनेता हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटेटराईले काठमाडौँको डिल्लीबजार कारागारमा पुगेर पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर जितमान पुन (मार्शल) सँग भेट गरेका छन्।

यही माघ ७ गते जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेका पूर्वी रुकुमका पुनलाई अदालतको फैसलाअनुसार डिल्लीबजार कारागार चलान गरिएको हो। उनलाई जिल्ला अदालत दाङले २०७२ सालमै लागु औषध चरेस ओसारपसारसम्बन्धी मुद्दामा दोषी ठहर गरी २ वर्ष ६ महिना कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। मार्शल हाल नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन्।

डिल्लीबजार कारागार पुगेर उनलाई भेटलगत्तै डा.भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पुन रिहाइका लागि पहल गर्न आग्रह गरेका छन्। ‘पूर्वजनमुक्ति सेनाका ब्रिगेड कमान्डर तथा नेसपाका केन्द्रीय सदस्य जितमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा उहाँलाई कारागारमै गएर भेटेपछि त्यसलगत्तै प्रधानमन्त्री तथा पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु’, डा. भट्टराईले शनिबार बिहान भनेका छन्। उनले अगाडि भनेका छन्, ‘यो केस ‘बूढी (बूढो) मरी (मर्‍यो) हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है, सबैलाई चेतना भया,’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

सम्बन्धित

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

मुगुको पुलुमा पहिरो : ३ वर्षीय बालकको मृत्यु, ७ घरपरिवार विस्थापित

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu