ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामेछापमा जलविद्युत् आयोजनाले एक्कासी बाँध खोल्दा जलिरहेको लास बगायो


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   ८ : १७   बजे

काठमाडौ १४ माघ । रामेछापको उमाकुण्ड गाउँपालिकामा रहेको लिखु २ जलविद्युत् आयोजनाले बाँध खोल्दा लिखु नदीमा जलिरहेको लास बगाएको छ । हिजो बेलुका ६ बजेतिर उमाकुण्ड गाउँपालिका, गुम्देलको बाल्दिङका झपडबहादुर थापाको शव जलाइरहेका बेला आयोजनाले एक्कासी बाँध खोलेर नदीमा पानी पठाउँदा जलिरहेको शव बगाएको हो ।लास भर्खरै जल्न लागेको थियो, एक्कासी नदीमा बाढी आयो, केही मानिसहरुलाई पानीले भेटिसकेको थियो, जसोतसो मलामी त भागे तर लास बगायो’ मृतकका आफन्त समेत रहेका सोलुुखुम्बु लिखुपिके गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुव बस्नेतले भने।बाँध खोल्दा आयोजनाले स्थानीयलाई जानकारी दिनुपर्नेमा उल्टै लास जलाइरहेको बेला पनि बाँध खोलिदिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् ।

नदीमा पानीको बहाव बढेर लास बगाएपछि मलामीले बाँध खोल्ने आयोजनाका कर्मचारी सञ्जीव खनाललाई समातेर प्रहरीलाई जिम्मा लगाएको छ ।लास बगाएपछि बलुकै सोलुखुम्बुको किञ्जामा रहेको प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलमा पुगेको हो ।

खनालले मेसिनमा समस्या आएकोले बाँध खोल्नुपरेको बताएका स्थानीयले बताएका छन् । दुगड समूहको लगानी रहेको ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाले केही महिनाअघिदेखि व्यावसायिक उत्पादन दिन थालेको हो ।आयोजनाले खोलामा छाड्नुपर्ने जति पानी नछाडेको भन्दै स्थानीयले यसअघि पटकपटक आयोजनाको ध्यानाकर्षण गराउँदै आएका थिए । खोलामा लास जलाउन पानी नै नहुने अनि बगरमा लास जलाइरहँदा पानी छाडिदिने गरेर आयोजनाले त्रसित बनाएको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group