काठमाडौं, ४ फागुन। निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेका छन् । हिजो विहीवार एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । बालुवाटारस्थित निवासबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको समेत परियारले बताए । ०७३ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।
प्रतिक्रिया दिनुहोस्