ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार र सेवालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   १२ : ५६   बजे

काठमाडौं १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखापरेका चुनौतीको व्यवस्थापनका निम्ति पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।

प्रतिष्ठानको १२औँ सभालाई आइतबार सम्बोधन गर्दै उनले थप पूर्वाधारको विकास तथा अस्पतालको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।

आमनागरिक स्वस्थ नभईकन विकास र समृद्धि सम्भव नहुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सबै नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच पुर्‍याउनुपर्नेमा जोड दिए । उनले भने, “स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।”

समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै कुलपति प्रचण्डले यस्ता कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रम पनि समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए ।

उनले भने, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाबाट पनि यसप्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।”

उनले नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टरलगायत स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याए ।

उनले भने, “मानव विकास परिसूचकांकमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।”

प्रधानमन्त्री प्रचण्डले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको बताए ।

सभामा स्वास्थ्य तथा जनसंख्यामन्त्री, राष्ट्रिय योजना आयोगका सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न प्रतिष्ठानका उपकुलपतिको उपस्थिति थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group