ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसाको सेटिङ – विमानस्थल अध्यागमन कार्यालयका ८ अधिकृत फरार


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   १ : २७   बजे

काठमाडौं १४ माघ । भिजिट भिसाको सेटिङको आरोप लागेका त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार भएका छन्।  प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ।

उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन्। भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना अधिकृतमाथि मुद्दा चलाउने राय प्रहरीले दिएको छ।

यसअघि अध्यागमनमा कार्यरत रहेका अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल र सुजन फागोविरुद्ध पनि प्रहरीले पक्राउ अनुमति लिइसकेको छ।

तर अनुसन्धानको म्याद सकिन लागेकाले प्रहरीले उनीहरूलाई फरारकै सूचीमा राखेर आइतबार प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ।

उनीहरु हाल कहाँ कहाँ कार्यरत छन्रु भन्ने खुलाएर पठाइदिन प्रहरीले सामान्य प्रशासन मन्त्रालयसँग विवरण माग गरेको छ।

यसअघि उनीहरु अध्यागमन कार्यालयमा भए पनि हाल कहाँ कार्यरत छन् भन्ने खुलेको छैन। तर अध्यागमनमा कार्यरत रहँदा उनीहरु भिजिट भिसाको सेटिङमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीले बताए।

पक्राउ परेका नरवीर खड्कालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। पक्राउ पर्नासाथ उनले आफू बाहेकका अरु अधिकृतहरु पनि संलग्न रहेको बताएका थिए।

प्रहरीका अनुसार भिजिट भिसाको सेटिङ पहिले ताराबहादुर कुंवरले मिलाउँथे। पछि उनले नरवीर खड्कालाई जिम्मा लगाएका थिए।

उनीहरू दुवै जना रुकुमकै हुन्। पछिल्ले समय नरबहादुरले नै दाललसँग मिलेर विमानस्थलमा सेटिङ मिलाउने गरेको प्रहरीको दाबी छ।

पक्राउ परेका दुई जना बिचौलियाले नरवीरलाई दुई करोड बुझाएको अनुसन्धानका क्रममा बताएका छन्। नरवीरले अध्यागमनका कर्मचारीलाई रकम बाँड्ने गरेका थिए।

नरवीरले सुरुमा प्रहरीसँगको सोधपुछमा भनेका थिए, ‘तपाईंहरुले ट्रक लिएर गएर अध्यागमनका सबै कर्मचारीलाई ल्याएर थुन्नु भयो भने पनि पाप लाग्दैन। त्यहाँ घुस नखाने भनेको पहिले एक जना महिला कर्मचारी हुनुहुन्थ्यो। उहाँलेचाहिँ पैसा दिँदा पनि लिन मान्नु हुँदैनथ्यो।’

प्रहरीले भिजिट भिसाको सेटिङमा संलग्न १० जनालाई पक्राउ गरेको छ। सुरुमा लिखत सम्बन्धि कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो।

पछि संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरेको थियो। आइतबार अनुसन्धान थालेका ५७ औं दिन भयो। ६० दिनभित्रमा जिल्ला अदालतमा मुद्दा दायर गरिसक्नु पर्नेछ।

अध्यागमनका अधिकारी पक्राउसँगै लफडा
प्रहरीले भिजिट भिसामा सेटिङको आरोपमा अध्यागमन कार्यालयका कर्मचारीमाथि अनुसन्धान सुरु गरेसँगै अध्यागमनका कर्मचारी र प्रहरीवीचको विवाद कुटाकुटमा पुगेको छ।

अध्यागमनका अधिकारीहरूले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर गएर बढी चासो दिएको आरोप लगाएका छन्। गतसाता भिजिट भिसामा विदेश जान लागेका ८० जनाभन्दा बढीलाई २४ घण्टाभित्रमै फिर्ता गरिएको थियो।

उनीहरुलाई फिर्ता गरिएको विषयमा पनि अध्यागमनका अधिकारीहरु रुष्ट बनेका थिए।

प्रहरीले भने अध्यागमनका कर्मचारीले सेटिङमा पठाउन लागेको आरोप लगाएको छ। गत शुक्रबार अध्यागमनका अधिकृतको शरीर चेकजाँच गर्न खोजेपछि विमानस्थलभित्रै प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो।

आफूलाई चेकजाँच गर्न नपर्ने भन्दै अध्यागमनका अधिकृत छाया मोक्तानले प्रहरीलाई गाली गरेपछि विवाद बढेको थियो। विवादका क्रममा अध्यागमनका अधिकारीले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरी पनि उनीमाथि जाइलागेका थिए। अध्यागमनका कर्मचारीले प्रहरीले आफूलाई कुटपिट गरेको आरोप लगाउँदै आएका छन्।

अहिले अध्यागमनका कर्मचारीहरू विमानस्थल सुरक्षाबाटै प्रहरीलाई अलग गर्नुपर्ने माग गरिरहेका छन्।

केही दिनअघिबाट विमानस्थल भन्सारमा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ। यसअघिका छानबिन समितिले भन्सारमा प्रहरी राख्नु पर्ने राय दिएको थियो। तर सशस्त्र प्रहरीलाई पनि खटाएपछि नेपाल प्रहरी रुष्ट बनेको छ।

कुटाकुटको घटना छानबिनका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group