ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘विमानस्थलमा हानाहान’को अन्तर्य– मोक्तानले ‘ड्युटी अफिसर’ लाई पनि कुटेको आरोप


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   ४ : २६   बजे

काठमाडौं १४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरीसँग हानाहानमा उत्रिएका अध्यागमन अधिकृत छायालाल मोक्तानका निम्ति यो पहिलो घटना नभएको खुलेको छ ।

केही दिन अघिमात्रै विमानस्थल पास इकाइका ‘ड्युटी अफिसर’ गोपाल घिमिरेमाथि समेत हातपात गरेको प्रहरी बताउँछ ।

प्रहरीका अनुसार, पाससम्बन्धी विवाद हुँदा घिमिरेमाथि उनले हातपात गरेका थिए । उक्त प्रकरणबारेसमेत छानबिन भइरहेको छ । घिमिरेमाथि हातपात गरेको केही दिनभित्रै मोक्तानले प्रहरीसँग हानाहानमा संलग्न भएको भिडियो सार्वजनिक भएको हो ।

गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले अध्यागमन अधिकृत मोक्तानका यसअघिका गतिविधिबारे पनि समितिले छानबिन गर्ने जानकारी दिए । उनले भने, ‘‘समितिको सिफारिशअनुसार मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउँछ ।’’

अध्यागमनका अधिकृत मोक्तानलाई शुक्रबार प्रहरीले जाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र उनीबीच हात हालाहाल भएको थियो । विमानस्थल प्रहरीका एसपी पदम विष्टका अनुसार, अध्यागमन अधिकृत मोक्तान अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतिर आइरहेका थिए ।

त्यहीबेला वाक थ्रू ९एक्स–रे० गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ताले मोक्तानको शरीर जाँचगर्न खोज्दा विवाद सृजना भएको थियो । त्यहाँ विवाद देखेपछि प्रहरी सहायक निरीक्षक ९असई० सन्जय तामाङसमेत एक्स–रे गेटमै पुगे ।

असई सन्जय तामाङ पुगेपछि अध्यागमनका अधिकृत छायालाल मोक्तानले जवान गुप्तामाथि लात्ती प्रहार गर्दै बारिरिएको क्लोज सर्टिक ९सीसीटीभी० फुटेजमा देखिन्छ । प्रहरी जवान गुप्तासहित असई तामाङले समेत मोक्तानमाथि हातपात गरेको दृश्य सीसीटीभी फुटेजमा देखिन्छ ।

घटना लगत्तै प्रहरी र आफ्ना कर्मचारी मोक्तानको विवादबारे सीसीटीभी फुटेज हेर्न गएका अध्यागमन प्रमुख गोगनबहादुर हमालमाथि समेत प्रहरीले अभद्र व्यवहार गरेको उनको दाबी छ ।

गृहमन्त्रालयअन्र्तगतका दुई छुट्टाछुट्टै निकायबीच विवाद डिय्टीमै छताछुल्ल हुनु गम्भीर घटना भएको प्रहरीको दाबी छ । अझ त्यसमाथि अन्तर्राष्ट्रिय विमानस्थलजस्तो सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको क्षेत्रमा ।

विवादबारे छानबिन गर्न गृहमन्त्रालयले शुक्रबार मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

तीन दिनको समयसीमा दिएको उक्त छानबिन समितिमा प्रहरी नायव महानिरीक्षक ९डीआईजी० राजेशनाथ बाँस्तोला र गृहमन्त्रालयलकै उपसचिव कुलबहादुर जीसी सदस्य छन् । उनीहरूले आइतबार ९आज० बाट छानबिन थालेका छन् ।

मंगलबार छानबिन प्रतिवेदन गृहमन्त्रालय बुझाउने छन् । घटनामा संलग्न प्रहरी र अध्यागमनका अधिकृत मोक्तान दुवै पक्षलाई छानबिन समितिले सोधपुछका लागि बोलाएको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अर्जुन चन्द ठकुरीले घटनाबारे छानबिन समितिले काम थालिसकेकाले आफूले प्रक्रिया दिन उपयुक्त हुने बताउँछन् ।

भिजिट भिसा कडाई गर्दाको टकराव

त्रिभुवन विमानस्थल प्रहरीका अनुसार, अध्यागमनका कर्मचारी र प्रहरीबीचको टकरावको नाभी भने भ्रमण प्रवेशाज्ञा ९भिजिट भिसा० सँग जोडिएको छ ।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिजिट भिसामा खाडी मुलुक जाने तर अवैध तरिकाले उतै लुक्ने घटना बढेपछि सक्रियता बढाएको हो । त्यसपछि भिजिट भिसामा जाने यात्रुमाथि चेकजाँच कडाईं मात्रै गरेन, भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका कर्मचारीलाई पक्राउ गर्‍यो ।

अनुसन्धान कार्यालयको टोलीले २६ मंसिरमा नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो ।

भिजिट भिसामा नक्कली कागजातका आधारमा पठाउने गिरोहमाथि काठमाडौं प्रहरीले कीर्ते तथा संगठित अपराधमा अनुसन्धान गरको थियो । आइतबार ५७ दिनमा काठमाडौं प्रहरीले संगठित अपराध अनुुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं बुझाएको छ ।

जसमा पक्राउ परेका अध्यागमन अधिकृत खड्का, अध्यागमनबाट हाल सरुवा भइ गृहमन्त्रालय पुगेका अधिकृत ताराबहादुर कुँवरसहित अन्य सातजना कर्मचारीलाई प्रतिवादी बनाइएको छ । त्यही कारण विमानस्थल अध्यागमनका कर्मचारी प्रहरीसँग असन्तुष्ट छन् ।

प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले भिजिट भिसामा जानेहरूसँग सेटिङमा मिलाएर रकम उठाउन छुट्टै ‘टिम’ बनाएको र आफूले रकम उठाएर सबै कर्मचारीले बाँडेर लिने गरेको बयान प्रहरीलाई दिएका छन् ।

प्रहरीले मंसिरमा मात्रै भिजिट भिसामा ‘सेटिङ’ गरेर पठाउने अध्यागमनका कर्मचारी ट्राभल, कन्सल्टेन्सी र म्यानपावरका सञ्चालकहरू गरेर ३२ जनाभन्दा बढीलाई मुद्दा चलाएको थियो । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट एक दिनमै करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group