ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यागमनका सात अधिकृत फरार सूचीमा : यस्तो छ कारण


एबीसी न्यूज
१४ माघ २०८०, आइतबार   ७ : ०१   बजे

काठमाडौं, १४ माघ  । नक्कली कागजात बनाएर भिजिट भिसामा पठाउने गिरोहसँग मिलेर विदेश पठाउने धन्दामा लागेको आरोप लागेका सात अध्यागमन कार्यालयका अधिकृत फरार भएका छन् ।

प्रहरी अनुसन्धानबाट नक्कली कागजात बनाउने गिरोहसँग मिलेर उनीहरूले प्रतिव्यक्ति ४० हजारदेखि माथि रकम लिएर पठाउने गरेको खुलेको छ । नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूमाथि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत मंसिरमा अपरेसन चलाएको थियो ।

अपरेसनका क्रममा घुस लिँदालिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का पक्राउ परेका थिए । २६ मंसिरमा पक्राउ परेका उनीमाथि अनुसन्धान गर्दै जाँदा अन्य कर्मचारीको समेत संलग्नता खुलेको हो ।

प्रहरीले नक्कली कागजात बनाएर पठाउने गिरोहमाथि संगठित अपराध मुद्दामा अनुसन्धान गरेर आइतबार प्रतिवेदन सरकारी वकिलको कार्यालय बुझाएको छ ।

प्रहरीले बुझाएको प्रतिवेदनमा खड्काको बयानका आधारमा थप सातजना अध्यागमनका अधिकृतको समेत संलग्नता खुलेको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई पक्राउ नै नगरी प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन पेस गरेको छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार फरार रहेका अध्यागमन अधिकृतहरूमा शैलेन्द्र ढकाल, विष्णु अर्याल, पीताम्बर रिमाल, कुशल बराल, विमल पौडेल, विकास डंगोल र सुजन फागो लिम्बु रहेका छन् ।

पक्राउ पुर्जीसमेत जारी भइसकेकाहरूलाई प्रहरीले पक्राउ नै गर्न नसकेपछि फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन वकिल कार्यालय बुझाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu