ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदै


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   १ : ४४   बजे

काठमाडौं १५ माघ ।विधान संशोधनका लागि आइतबार सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदैछ । बैठकमा पेश भएको विधान संशोधन मस्यौदामाथि आज १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सक्ने तयारी रहेको सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘११ बजेपछि १० वटा टोली नेताले विधान संशोधनका सवालमा आ-आफ्नो लिखित प्रस्तुति दिनुहुन्छ । प्रस्तावमा उहाँहरूले राखेका प्रस्तुति समेतलाई समेटेर निष्कर्ष सुनाइन्छ र बैठक समापन हुन्छ’, नेता खतिवडाको भनाइ छ । करिब १ हजार बढी प्रतिनिधि सहभागी बैठकमा प्रस्तुत विधान मस्यौदामा संशोधनका लागि विकल्पसहितका प्रस्ताव गरिएको छ । सो पार्टीमा पार्टी पदाधिकारीको निर्वाचन प्रत्यक्ष गर्ने कि अप्रत्यक्ष गर्ने भन्ने विषय पेचिलो छ ।

त्यस्तै महाधिवेशनका प्रतिनिधिहरू तलैबाट निर्वाचित हुने कि मनोनीत गर्ने भन्ने विषय पनि विधानले व्यवस्था गर्नेछ । ‘केन्द्रीय सदस्यले चुनाव लडेर प्रतिनिधि बन्ने व्यवस्था गर्ने या नपर्ने भन्ने सोधिएका प्रश्नहरूको उत्तर लिएर निर्णय हुन्छ’, नेता खतिवडाले जानकारी दिए ।

यसबाहेक केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीको सङ्ख्याका बारेमा समेत विधानले व्यवस्था गर्नेछ । कमिटीहरूको अहिलेको व्यवस्था अनुसार धेरै सङ्ख्याको कमिटी घटाएर सानो आकारको बनाउने सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ जनाको मृत्यु, ११० घाइते

सरकारसँग वार्ताका लागि दुर्गा प्रसाईंले बनाए नौ सदस्यीय टोली

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu