काठमाडौं १५ माघ । सांसद प्रदीप पौडेलले सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा आउने बताएका छन् । उनले सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताए । साथै उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको बताए । प्रसारण विधेयकले डिजिटल मिडियालाई समेट्न नसकेको उल्लेख गरे ।
ूडिजिटलाइजेसनको कुरा नसमेटेर परम्परागत विषय मात्र समेटेको देखियो । यो विधेयक रिराइट गरौँ, उनले भने ।
प्रतिक्रिया दिनुहोस्