ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यादेश फिर्ता लिन कोसीमा एमालेको माग


एबीसी न्यूज
१५ माघ २०८०, सोमबार   २ : २७   बजे

काठमाडौं १५ माघ । नेकपा एमाले कोसी प्रदेश संसदीय दलले प्रदेश सरकारले एकैपटक सात वटा ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन माग गरेको छ ।

एमाले दलको कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी अध्यादेश फिर्ता लिन माग गरेको हो । सरकारले सात वटा ऐन संशोधन गर्न अध्यादेश जारी गरेको छ ।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले प्रदेशसभाका पदाधिकारीलाइ सवारी साधन थप्ने गरी अध्यादेश ल्याएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

उनले भने, “यसले गर्दा सबै दलका नेताहरूले सवारी साधन दिँदा वार्षिक २० लाख खर्च बढ्नेछ । आफू मुख्यमन्त्री रहीरहन चोर बाटोबाट सुविधा थपेको हो ।”

अस्पताल विकास समितिको अध्यक्ष जिल्ला समन्वय समिति नरहने गरी सरकारले आफँ नियुक्त गर्न सक्ने गरी स्वास्थ्य ऐन संशोधन गरिएको भण्डारीले बताए ।

लगानी प्राधिकरणका सीईओलाई निरन्तरता दिन स्वेच्छाचारी ढंगले सरकार अघि बढेको भण्डारीले बताए । “अध्यादेश फिर्ता नलिए केही अप्रिय कदम चाल्न बाध्य हुनेछौँ,” उनले भने ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि विशेष अधिवेशन बोलाउने वा सदन अवरुद्ध गर्नेसम्मको निर्णय लिने एमालले तयारी गरेको बताइएको छ ।

“आउने सभा सुरु गर्नुभन्दा अगाडि फिर्ता लिनुपर्छ । सभामा छलफल भएर के आवश्यकता हो भन्ने प्रस्ट भएर गर्नुपर्छ । वैधानिक र पारदर्शी ढंगले सुविधा दिनुपर्छ,” प्रमुख सचेतक भण्डारीले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu