ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री साउद-कोरियाली लगानीलाई स्वागत गर्न तयार छौँ


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   १ : ५०   बजे

काठमाडौं १६ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन् । नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरे ।

‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न चाहन्छु । नेपालमा लगानीको सम्भावना खोज्दै चासो राख्ने कोरियाली कम्पनीहरूले आफ्नो लगानी विस्तार गरेको हेर्ने नेपालको चाहना छ’, मन्त्री साउदले भने, ‘यस वर्षको अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौं ।’

नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा स्थापना भएको कूटनीतिक सम्बन्ध समयसँगै प्रगाढ बन्दै गएको र यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्मान र साझेदारीमा आधारित रहेको उनको भनाइ थियो । उनले आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरे ।

दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको भन्दै उनले ती सम्भावनाको अन्वेषण गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्न आग्रह गरे । ‘कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔं’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

सम्बन्धित

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

कारको पछाडिको सिटमा जलेको अवस्थामा मृत भेटिइन् रश्मि

सांसदका स्वकीय सचिव थप्ने तयारीको विरोधमा माईतीघरमा प्रदर्शन

राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक प्रचण्ड

डा.गोविन्द केसीलाई कृष्ण मन्दिरबाट सेती प्रादेशिक अस्पताल लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu