ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामग्राम जग्ग्गा लिज बारे उपाध्यक्ष डा. लामाको स्पष्टीकरण- नभएको जग्गा कसरी लिजमा दिए ?


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   २ : ३४   बजे

काठमाडौं १६ माघ । भगवान गौतम बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप नीजि कम्पनीलाई ९९ बर्षका लागि दिने सम्झौता नै नभएको लुम्बिनी विकास कोषले स्पष्ट पारेको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा। ल्हारक्याल लामाले सोमबार एक विज्ञप्ती जारी गर्दै कान्तिपुर जस्तो प्रतिष्ठित मिडियाले हुँदै नभएको जग्गा सम्झौता गरेको भनेर भ्रमपूर्ण समाचार दिएको भन्दै आम नागरिकलाई स्पष्ट पारेको हो ।

१२० बिघा जग्गा ९९ वर्षका लागि निजी कम्पनीलाई लिजमा दिन लागिएको भनेर समाचारमा भनिएकोमा त्यो आफैमा भ्रामक रहेको उपाध्यक्ष डा। लामाले विज्ञप्ती मार्फत खण्डन गरेका छन ।

‘लुम्बिनी विकास कोष अन्तरगत रहेको नवलपरासी पश्चिम, रामाग्राममा १२० बिघा जग्गा छैन । जग्गा अधिकरण गर्ने विकास कोषलाई अधिकार छैन । सो जग्गा अधिकरण गर्न रकम पनि छैन’ उपाध्यक्षद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘हुँदै नभएको जग्गा लिजमा दिने र सम्झौता ग¥यो भन्ने कुरामा कुनै सत्यता छैन । बुद्धको पवित्र अस्तु धातु रहेको ठाउँलाई प्रचार–प्रसार गर्नुको साटो त्यस क्षेत्रको विकासमा नकारात्मक प्रभाव पार्ने गरि यस्तो कपोकल्पीत दुष्प्रचार गर्नु खेदजनक छ ।’

वृहत्तर लुम्बिनीको विकासका लागि नेपालको संविधान,कानून र प्रचलित अभ्यास भित्र रहेर सम्बन्धित निकाय तथा संस्थाहरुको अनुमति लिएर मात्र हरेक काम सञ्चालन हुने समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘कुनै पनि निर्णय पारदर्शी र राज्यका सबै निकायको अनुमति लिएर मात्र हुने कुरा म पुनः प्रष्ट पार्न चाहान्छु’ उपाध्यक्ष डा। लामाले विज्ञप्तीमा भनेका छन ।

नवलपरासी पश्चिम रामाग्राम स्तूपको उत्खनन् तथा बौद्ध स्तुप निर्माणका लागि विभिन्न अन्तर्राष्ट्रिय बौद्ध समुदायसँग लुम्बिनी विकास कोषले सहकार्यका लागि आह्वान गरिरहेका बेला बिना प्रतिस्पर्धा जग्गा लिजमा दिन लागिएको भनी नियोजित रुपमा भ्रम फैलाइएको विज्ञप्तीमा भनिएकोे छ ।
कान्तिपुर जस्तो प्रतिष्ठित सञ्चारगृहले वृहत्तर लुम्बिनीको विकासमा अवरोध गर्ने परम्परागत शक्ति र व्यक्तिहरुको चलखेल र उनीहरुको सुचनाका आधारमा समाचार प्रकाशन गर्नु दुःखद भएको उपाध्यक्षको भनाई छ ।

लुम्बिनीको विकासमा निजी स्वार्थ सबै त्यागेर तलब भत्ता समेत नलिई काम गरिरहेको व्यक्तिमाथि प्रतिशोधपूर्ण ढंगबाट आरोप लगाउनेहरुलाई आरोप पुष्टि गर्न उपाध्यक्ष डा। लामाले चुनौति दिएका छन ।
‘म कोषको उपाध्यक्ष नियुक्त भएर आउनु भन्दा केही महिना अघि नै संघीय सरकारका विभिन्न मन्त्रालयमा पत्राचार भएको विषयलाई मसँग जोडेर प्रचार गर्नुले पनि गलत नियत र प्रतिशोधी भावना झल्किन्छ । म आएपछि लिजमा दिने बारे कुनै प्रक्रिया अघि बढेको छैन ’ विज्ञप्तीमा उल्लेख छ ।

डा। लामाले लुम्बिनी विकास सग सरोकार राख्ने, सम्पुर्ण आम सरोकारवाहरुलाई समाचारमा भनिएजस्तो त्यस सम्बन्धी कुनै निर्देशिका बनाएर लिजमा दिने कुनै सम्झौता नभएको स्पष्ट पारेका छन । उपाध्यक्षले लुम्बिनी विकास कोष रचनात्मक सहयोग, सल्लाह सुझाव र विकासमा नागरिकहरुसँग हातेमालो गर्न चाहेको उल्लेख गरे ।
‘सम्मानीय प्रधानमन्त्रीलाई उपस्थित गराएर भगवान बुद्धको अस्थिधातु समाधि गरिएको ठाउँ विश्वभकार बौद्ध समुदायलाई देखाएर लगानी भित्र्याउन खोजिएको कुरालाई विषयान्तर गर्न वृहत्तर लुम्बिनी विरोधी गिरोहले मिडियाबाजी गरेको प्रष्ट बुझ्न सकिन्छ ’ विज्ञप्तीमा भनिएको छ ।

अन्तर्राष्ट्रिय समुदायसँग हातेमालो गर्न खोज्दा विवाद सिर्जना गर्ने र सयौं वर्षसम्म वृहत्तर लुम्बिनीको विकास हुन नदिने योजनाबद्ध षड्यन्त्र भइरहेको र त्यसैको स्वरुप समाचार आएको विज्ञप्तीमा भनिएको छ । ‘लुम्बिनी विकास कोषमा मेरो नियुक्ति रोक्ने सबै प्रयास असफल भएपछि म माथिको चरित्रहत्याको खेतीको पछिल्लो श्रृंखलाका रुपमा मैले यसलाई लिएको छु ।

मैले लुम्बिनीको विकास र विस्तारका लागि थालेका राम्रा काम र तिलौराकोट लगायतका क्षेत्रहरूको पछिल्लो विकास संरक्षणका प्रयास मेरो लुम्बिनीलाई अन्तर्राष्ट्रिय गर्न पु¥याएको योग्दानलाई ओझेलमा पारेर हुँदै नभएका निर्णय र सम्झौताको पटकथा तयार पारेर चरित्रहत्याको प्रयास गरिरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’ उपाध्यक्ष डा। लामाले भनेका छन्। बुद्धमार्ग र अभ्यास मेरो जीवनको पद्धति भएको बताउँदै बुद्धको पवित्र जन्मस्थलको विकास, संरक्षण तथा यसको अन्तर्राष्ट्रियकरण गर्नु आफ्नो एक मात्र दायित्व र एक मात्र मन्त्र रहेको लामाले स्पष्ट पारेका छन् ।

No description available.

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group