काठमाडौं १७ माघ । नेपालले आईसीसी यू(१९ विश्वकप २०२४ को सुपर सिक्समा बंगलादेशविरुद्ध पहिलो विकेट गुमाएको छ ।
नेपालका बायाँ हाते ओपनर विपिन रावल १२ बलमा २ रन बनाउँदै क्याच आउट भएका छन् । विपिन तीव्र गतिका बलर मरुफ मृधाको चौथो ओभरको पाँचौं बलमा एज लागेर फस्ट स्लिपमा रिजवानबाट क्याच आउट भएका हुन् ।
कभर सट खेल्ने धुनमा एज लागेर उनी क्याच आउट भएका थिए । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४ ओभरमा १ विकेट गुमाउँदै २० रन बनाएको छ ।
नेपालका ओपनर अर्जुन कुमाल १२ बलमा २ चौकासहित १० र आकाश त्रिपाठी शून्यमा क्रिजमा छन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । आजको खेलमा विशाल विक्रम केसी र दुर्गेश गुप्तालाई मौका दिएको छ । पछिल्लो खेलमा अफगानिस्तानबाट नेपालले तिलकराज भण्डारी र दिपक डुम्रेलाई बेञ्चमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्