ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय खेलकुद सम्मान तथा खेल पत्रकारिता पुरस्कार प्रदान


एबीसी न्यूज
१७ माघ २०८०, बुधबार   ८ : २२   बजे

काठमाडौं, १७ माघ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलाडीहरुका लागि आवासको व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

आज युवा तथा खेलकुद मन्त्रालयमा आयोजित राष्ट्रिय खेलकुद प्रतिभा एवं खेल पत्रकारिता पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले उक्त कुरा बताएका हुन । मन्त्री लिम्बुले सरकारले केही समय अघि राष्ट्रिय गौरबको आयोजनाका रुपमा राखेका भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, मुलपानी क्रिकेट मैदान र बिराटनगरको गिरिजाप्रसाद क्रिकेट रंगशालाको निर्माण कार्य चाँडै द्रूत गतिमा अघि बढ्ने पनि जानकारी दिए ।

सोही समारोहमा मन्त्री लिम्बुले खेल पत्रकारहरु हरिप्रसाद कोइराला (कोशी प्रदेश), तिवारी यादव (मधेश प्रदेश), गोविन्दराज नेपाल (बागमती प्रदेश), रोहितराज पराजुली (गण्डकी प्रदेश), रिखिराम जि.सि.(लुम्बिनी प्रदेश), नन्दराम जैशी (कर्णली प्रदेश), नवराज पनेरु (सुदुरपश्चिम प्रदेश) र महिलातर्फ रजनीकुमारी योगीलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार र धादिङका पत्रकार गोविन्द रेग्मीलाई खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ र खेलकुद पत्रकारिता पुरस्कारको ५० हजार रुपैयाँ रहेको छ ।

यसैगरि राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडीहरु मेनुका कुमारी राजवंशी (कवड्डी), नविता श्रेष्ठ (टेवल टेनिस), शिव सुन्दर गोथे (टेवल टेनिस), एरिका गुरुङ ( कराँते), शुभश्री श्रेष्ठ (टेवल टेनिस) र पलेशा गोवर्धन (पारा तेक्वान्दो), कवड्डी प्रशिक्षक पार्वती राई, टेबल टेनिसका निर्णायक तेजेन्द्रसिं महरा र फुटबलका फिजियोथेरापिष्ट आविस्कार पुडासैनी जनही नगद १ लाख रुपैयाँ र सम्मानपत्र सहित सम्मानीत भएका थिए । मन्त्रालयका सचिव तथा सो कार्यक्रमका अध्यक्ष रविलाल पन्थले सम्पुर्ण सम्मानीत खेलाडी, प्रशिक्षक तथा खेलपत्रकारहरुलाई खादा ओढाएर सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu