ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङका एमाले नेताहरु अधिवेशन स्थगित गरेर ओलीलाई भेट्न काठमाडौंमा


एबीसी न्यूज
२१ माघ २०८०, आइतबार   ५ : ०३   बजे

काठमाडौं, २१ माघ । जिल्ला अधिवेशनको विवाद बढेर गएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङका पार्टी नेताहरुलाई काठमाडौं बोलाएका छन् ।

अध्यक्ष ओलीले त्यहाँका नेतााहरुसँग केन्द्रीय कार्यालय च्यासलमा छलफल गर्दैछन् । ‘हामी च्यासल आइपुगेका छौं । अब छलफल सुरु हुन्छ’, एमालेको धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए ।

अध्यक्ष ओलीले नेताहरुलाई काठमाडौं बोलाएपछि भोलि बिहान ८ बजे सुरु हुनेगरी जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरिएको छ ।

प्रदेश अध्यक्ष कैशाल ढुंगेलले भने आइतबार बिहानै जिल्ला अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अध्यक्ष भूमि त्रिपाठीले तत्कालै वक्तव्य जारी गरी जिल्ला अधिवेशन स्थगित नभएको जानकारी दिएका थिए ।

अर्थात् गत १९ माघमा सुरु भएको जिल्ला अधिवेशनमा प्रदेश अध्यक्ष ढुंगेल र जिल्ला अध्यक्ष त्रिपाठीको फरक–फरक सूचना आएको थियो ।

यसपछि पार्टी अध्यक्ष ओलीले दुवै पक्षका नेताहरुलाई छलफल गर्न च्यासल बोलाए । ‘पार्टी अध्यक्षकै निर्देशन आएपछि अहिले जिल्ला अधिवेशन स्थगित गरेर नेताहरु च्यासल पुग्नुभएको छ । यहाँ प्रतिनिधिहरु अलपत्र छन्’, एक नेताले भने ।

धादिङको यो विवाद भने अध्यक्ष मण्डल चयनबाट सुरु भएको थियो । जिल्ला अध्यक्ष त्रिपाठीले जिल्ला इन्चार्ज धर्मदत्त देवकोटाको अध्यक्षतामा जिल्ला सहइन्चार्ज रेशम लामा, केन्द्रीय सदस्य जानुका सिंखडा र प्रदेश सदस्यहरु धनबहादुर घले र ध्रुबराज विक रहेको अध्यक्ष मण्डल घोषणा गरेका थिए ।

तर प्रदेश अध्यक्ष ढुंगेल पक्षधर नेताहरु खेम लोहनी, रमेश आचार्य लगायतले यो सूचीप्रति आपत्ति जनाए । उनीहरुले प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा अध्यक्ष मण्डल घोषणा हुनुपर्ने अडान लिए ।

यही विवादका कारण अधिवेशन अगाडि बढ्न सकेन । पछि लामो छलफल पछि देवकोटा अध्यक्ष रहेकै अध्यक्ष मण्डलमा प्रदेश अध्यक्ष कैलाल ढुंगेल र प्रदेश सचिव नवराज सिलवाल थप्ने सहमति जुट्यो ।

अध्यक्ष मण्डलबाहेक प्रतिनिधि चयनमा पनि विवाद देखिएको थियो । तर छलफल गरेर यसमा पनि सहमति जुटाइएको नेताहरु बताउँछन् ।

२९ जना मनोनित भएकामा ४ जना त्रिपाठीले इतर समूहलाई दिएका थिए । त्यसपछि आइतबार बिहान ८ बजे अधिवेशन अगाडि बढाउने सहमति जुटेको थियो ।

तर प्रदेश अध्यक्ष ढुंगेलले बक्तव्य मार्फत् अधिवेशन स्थगित भएको सूचना जारी गरेपछि विवाद थप बढेको छ ।

कार्यकर्ताले अधिवेशनमा अपनाइएको शैली मन नपराएकाले स्थगित गरेर फर्किनु परेको ढुंगेल बताउँछन् । ‘जुन लचकता अपनाइनुपर्ने थियो । त्यस्तो नदेखिएपछि प्रतिनिधिहरुले नरुचाएको अधिवेशन स्थगित गरेर आएको हुँ । अर्को सूचना आएपछि अब कसरी अगाडि बढ्ने भन्ने थाहा हुन्छ’, ढुंगेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

सम्बन्धित

राष्ट्रिय गौरवका आयोजनाको सुस्त गति र अनुगमनको अभावप्रति सांसदहरूको चिन्ता

अविरल वर्षा र पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा उच्च शतर्कता

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu