ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नापी कार्यालयका कर्मचारी सवार बोलेरो दुर्घटना : ११ घाइतेमध्ये १ को मृत्यु, धेरैको अवस्था गम्भीर


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   १० : ५८   बजे

काठमाडौं, २३ माघ ।  सोमबार साँझ सर्लाही सदरमुकाम मलंगवा नजिक नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी ट्रयाक्टरसँग ठोक्किँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए। घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका-५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गएराति मृत्यु भएको छ।

उनको वीरगञ्ज नजिक रहेको एलेक्स न्युरो न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ। घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन। तर, जिपमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ।

सोमबार राति पौने ८ बजेतिर बीआर ०६ पिडी ९६४८ नम्बरको जिप (बोलेरो) मलंगवा नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज १ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो।

बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ। ट्याक्टर उखु लिएर सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै थियो।

दुर्घटनामा जिप ९बोलेरो० का चालक मलंगवा ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक ९डीएसपी० दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए।

दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन्।

गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्ज लगिएको थियो। ‘नापी प्रमुख मानन्धरको अवस्था पनि गम्भीर छ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘उहाँसहित गम्भीर अवस्थाका चार जनाको एलेक्स अस्पतालमा उपचार भइरहेको छ।’ मानन्धर काभ्रेको बनेपा उपमहानगरपालिकाका स्थायी बासिन्दा हुन्।

एकजना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ। मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अहिले एनएस अस्पताल बारामा पाँचजना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ। एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको भनेको छ।

दुर्घटनापछि ट्याक्टर चालक फरार छन्। ट्याक्टरका मालिकलाई प्रहरी कार्यालयमा बोलाइएको डीएसपी पञ्जियारले बताए। घटनाका सम्बन्धमा अप अनुसन्धान जारी रहेको उनको भनाई छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group