ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नतिजामुखी काम गर्न करका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   १ : ३९   बजे

काठमाडैं, २३ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन्।

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर नतिजा चाहिने बताएका हुन्।

त्यही नतिजाका आधारमा मूल्यांकन हुने उनको भनाइ थियो। मन्त्री डा। महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए।

 

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्दै मन्त्री डा। महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन। त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ।’

आन्तरिक राजस्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन वस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ।’

अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ। होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ। नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ।’

मन्त्री डा। महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन। जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ।’

बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिन्छ, त्यसकारण नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको मन्त्री डा। महतले स्पष्ट पारे।

उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए। नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्दै मन्त्री डा। महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ।ू

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group