ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोपाल किरातीले माओवादीलाई ‘खाओवादी’ भन्दै गरे आन्दोलन घोषणा


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   १ : ४७   बजे

काठमाडैं, २३ माघ । पूर्व माओवादी नेता गोपाल किरातीले अर्को आन्दोलन घोषणा गरेका छन्।  ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यककता उनले मंगलबार बताएका छन्।

ब्राम्हण जनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गर्दै उनले कांग्रेस, माओवादी र एमालेको रवैयालाई प्रतिक्राति र ब्राम्हणवादी भनेका छन्।

आफूहरले तीन ठूला दललाई एकपटक सच्चिनुस् भनिरहेको उनले बताए। आफूहरुले देशव्यापी आन्दोलन चर्काउन चाहेको उनले बताए। उनले अब प्रतिक्रान्तिको भण्डाफोर गर्ने चेतावनीसमेत दिए।

‘देशभरि पहिचान र संमाजवादको आवश्यकताको संषर्घ चलिरहेको छ। देशब्यापी शक्ति जुटेर यो काम अगाडि बढाउन र प्रतिक्रान्तिको जुन तयारी भइराखेको छ, त्यसविरुद्ध भण्डाफोर गर्न। भौतिक रुपमै गइहाल्ने हाम्रो तयारी चाहीँ भएको छैन,’ किरातीले भने।

२०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरु छुट्टिएको उनको भनाइ छ।

माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जीवितै रहेको उनको भनाइ छ। तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ‘ढेडु खाओवादी’ बनेको उनको टिप्पणी छ।

किरातीको संयोजकत्वमा ‘तेस्रो जनआन्दोलन समिति’ गठन भएको छ। गत माघ २० गते ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोसी प्रदेश नामाङ्कन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको किरातीले बताए।

उक्त समितिको संयोजक किराती छन् भने सदस्य सचिवमा कृष्ण चोङ्बाङ छन्।

‘तेस्रो जनआन्दोलन समिति’ का सदस्यहरुमा विश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा। मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन्।

ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमख तीन दल रहेको समितिको ठहर छ।

माओवादी, नेपाली कांग्रेस, नेकपा ९एमाले० सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ।

समितिले तीन ठूला दललाई जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षाका लागि सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका लागि आग्रह गरेको छ।

अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरुको चेतावनी छ।

साथै, कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group