ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकारले गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन ५२ करोड लगानी गर्ने


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : १०   बजे

काठमाडैं, २३ माघ । चितवनको भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको गौतम बुद्ध क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले झन्डै अर्ब लगानी गर्ने भएको छ।

उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको छ।  बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रंगशला निर्माणको प्रथम चरणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

उक्त रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपेयाँ बराबरको लागत अनुमान गरिएको छ। जसको ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको हो। बागमती प्रदेशले ७५ करोडको ७० प्रतिशत अर्थात करिब ५२ करोड रुपैयाँको श्रोत सुनिश्चित गर्ने निर्णय गरेको दुलालले बताए।

यसअघि संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो।अब उक्त रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रिपरिषद्को बैठकबाट सहमति दिइएको थियो।

त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाउँदैछ।

महानगरसँग प्रदेश सरकारले पहिलो चरणमा ७५ करोड बराबरको काम गर्ने गरी सहमति गरेको थियो। पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाइँदैछ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्ने भएपछि बाँकी रकम अब संघीय सरकारको अनुदान लिने तयारी भएको छ। अपुग रकम भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउनेछ।

प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ। धुर्मुस–सुन्तली फाउण्डेसनले १९ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षअघि निर्माणको काम छाडेको थियो। त्यसयता रंगशाला अलपत्र छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

सम्बन्धित

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group