ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री महत- नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : ३२   बजे

काठमाडैं, २३ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने’ बताएका छन् ।

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजस्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने, ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’

 

महतले अनुशासन, पारदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने राजस्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर गर्न आग्रह गर्दै महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के–के व्यवसाय घट्दैछन् र के–के व्यवसाय विकसित हुँदैछन् भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजस्व बढ्छ ।’

आन्तरिक राजस्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उनले बताए ।

‘कुन वस्तु कानुनी रूपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्ट्याउन सकियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउन सकिन्छ ।’

होटल, रेस्टुरेन्ट जस्ता सेवा व्यवसाय अहिले बढिरहेको भन्दै उनले भने, ‘नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुरा अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’

महतले अनुशासन र पारदर्शीका साथ राजस्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन,’ उनले भने, ‘जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’

उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन पनि दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्दैै अर्थमन्त्री महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group