ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 सञ्चारमाध्याम र सामाजिक सञ्जाल बालबालिकाका विषयमा असंवेदनशील’


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : ४६   बजे
काठमाडैं, २३ माघ ।    इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन् ।
सामाजिक सञ्जालमात्र नभई मूलधारका सञ्चारमाध्यमहरु पनि बालबालिको अधिकार र सुरक्षाका मामलामा गम्भीर हुन नसकेको उहाँहरुको भनाइ छ ।
प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अनलाइनमा बाल संरक्षण सम्बन्धमा मिडियाको भूमिका विषयक राष्ट्रिय कार्यशालाका वक्ताहरुले बालबालिकाको अधिकारसँग सम्बन्धित विद्यमान कानूनको उल्लंघन हुनेगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयवस्तुको प्रभावकारी नियमन तथा अनुगमनको समेत आवश्यकता औल्याउनुभएको हो । त्यस्तै, यो विषयलाई कानूनी रुपमै सम्बोधन गर्नका लागि सरोकारवाला निकाय र पक्ष जिम्मेवार हुनुपर्ने पनि उहाँहरुको भनाइ छ ।
     सङ्घीय संसदअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रसँग सम्बन्धित कानून बनाउँदा बाल अधिकारको विषयलाई समितिले गम्भीरताका साथ हेरिनुपर्ने बताउनुभयो । संसदमा दर्ता भएका र हाल समितिमा छलफलका क्रममा रहेका विधेयकमार्फत् कानुन निर्माणका क्रममा सूचना प्रविधिका क्षेत्रबाट हुनसक्ने बाल अधिकार र बाल सुरक्षा संवेदनशीलताको विषयलाई महत्वका साथ हेरिने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो ।
     “बालबालिकाका क्षेत्रमा संसदीय समितिको कति महत्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मैले महसुस गरेको छु । सञ्चारमाध्यमसँग सम्बन्धित विधेयक समितिमा छलफल गर्दैगर्दा यस्ता विषयलाई गम्भीरताका साथ छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्छु”, जोशीले भन्नुभयो, “बालबालिकाका अधिकारका क्षेत्रमा सञ्चारमाध्यमले निभाउनुपर्ने भूमिकालाई कानूनमार्फत् थप स्पष्ट पार्न जरुरी छ । त्यसका लागि नयाँ कानुन निर्माण र विद्यमान कानुन संशोधन गर्दा समितिले विशेष ध्यान दिनेछ ।”
     प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरु स्वनियमन र आचारसंहिताको पालनाप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यस्तै, सञ्चारमाध्याम प्रयोग अपरिहार्य जस्तै भइसकेको अवस्थामा यसले समाजमा पारेको नकारात्मक प्रभावको समाधान खोजिनुपर्ने उहाँले बताउनुभयो ।
     “सञ्चारमाध्यम आफैले आत्मसमीक्षा गर्न जरुरी छ । आचारसंहिता अनुकुलका सामग्री दिँदा सञ्चारमाध्यम आफै जिम्मेवार हुनुपर्छ । हामीलाई कस्तो सञ्चार नीति र कानून आवश्यक छ भनेर पनि बहस गरौँ”, उहाँले भन्नुभयो । मूलधारका सञ्चारमाध्यमका लागि पनि सामाजिक सञ्जालको प्रयोग अपरिहार्य बनिसकेको अहिलेको अवस्थामा यसलाई नियमनको दायराभन्दा बाहिर राख्न नहुने उहाँको भनाइ छ । यद्यपि सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण रहेको बस्नेतले बताउनुभयो ।
     अधिकारकर्मी तथा प्राध्यापक डा कुन्दन अर्यालले बालबालिकाका लागि अनलाइन सुरक्षाबारे सञ्चारमाध्यमसँगै नागरिक समाजको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
“बाल सुरक्षाको एउटा महत्वपूर्ण पाटो साइबर सुरक्षा पनि हो भनेर हामी सबैले बुझ्न जरुरी छ । इन्टरनेटको व्यापक पहुँच र डिजिटल माध्यमको प्रयोगले यो सुरक्षा खतरा बढिरहेको छ”, उहाँले भन्नुभयो । यो विषयमा सञ्चारमाध्यम र सामाजिक सङ्घ–संस्थाले विद्यमान कानुनमा भएका व्यवस्थाको कार्यान्वयन बारे विषय उठाउनुपर्ने उहाँको भनाइ छ । अब मिडिया साक्षरता मात्र होइन, डिजिटल साक्षरता पनि आवश्यक देखिएको उहाँले बताउनुभयो ।
सामाजिक सन्जाल र सञ्चारमाध्यमले उठाएका विषयवस्तुले बालबालिकाको सुरक्षामा कस्तो प्रभाव परिरहेको छ भनेर विस्तृत अध्ययन अनुसन्धानको आवश्यकता पनि उहाँले औल्याउनुभयो ।
     सोही कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेन कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटका कारण बालबालिका असुरक्षित बन्दै गएको बताउनुभयो । “अहिले इन्टरनेट आवश्यक पनि छ । तर उपलब्ध गराउँदा बालबालिकामा सुरक्षा जोखिम रहन्छ । यो विषयलाई सञ्चारमाध्यमले पनि गम्भीरताका साथ उठाउनुपर्छ”, उहाँले भन्नुभयो ।
केही वर्षअघि विदेशी नागरिकबाट नेपालका बालबालिकामाथि दुव्र्यवहार भएको विषय बाहिर आएको र त्यसमा इन्टरनेटको प्रयोग भएको विषय उल्लेख गर्नुहुँदै थापाले यस्ता विषयमा सुरक्षा निकाय पनि चनाखो हुनुपर्ने बताउनुभयो ।
कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बालबालिकाका विषयमा मिडिया र बालमैत्री सञ्चार निर्देशिका विषयमा प्रस्तुति दिनुभएको थियो । विभिन्न प्रकारका सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, सामाजिकलगायत दु्र्व्यवहार हुने क्रम बढिरहेका छन् । सामाजिक सञ्जालबाट बालबालिकालाई फकाउने तथा प्रलोभनमा पारेर फाइदा लिने, यौनजन्य क्रियाकलापमा संलग्न गराउनेलगायतका दुव्र्यवहारहरु भइरहेका छन् ।
कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमले पनि बालबालिकाको अधिकारप्रति असंवेदनशील भएर जथाभावी फोटो तथा भिडियो प्रकाशन प्रशारण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group